Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
भक्तपुर – नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले प्रचण्डको उदण्ड क्रियाकलाप र आतङ्कपूर्ण अभिव्यक्तिले राष्ट्रिय राजनीति अन्यौलपूर्ण बनेको आरोप लगाउनुभएको छ । प्रचण्डको उदण्ड अभिव्यक्ति र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गलत क्रियाकलापले देशलाई द्वन्द्व र मुठभेडमा धकेलेको उहाँको भनाई छ ।
रफत सञ्चार क्लब भक्तपुरले मंगलवार गरेको अन्तरक्रियामा बोल्दै नेता ओलीले भट्टराई सरकारले संविधानसभाको निर्वाचनको घोषणा ताजा जनादेशका लागि नभइ संविधानसभा भङ्ग गरी सत्ता टिकाउन गरेको आरोप लगाउनुभयो ।
माओवादीका अध्यक्ष प्रचण्डले पाँचसय वर्ष सरकार चलाउने भनी दिएको अभिव्यक्ति प्रति व्यंङ्ग्य गर्दै ओलीले भन्नुभयो ‘अहिले प्रचण्ड र भट्टराईलाई केटाकेटीलाई दशै आए जस्तो भएको छ, प्रचण्डले आफ्नो आयु नै थाहा नपाई पाँचसय वर्ष शासन गर्छु भन्छन् ।’
तपाईको प्रतिक्रिया