Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा लामो जेल जीवन बिताएका इलामका गोविन्दप्रसाद मैनाली अहिले स्वदेश फ़र्कनलाई अन्तिम तयारीमा बसेका छन् संभवत उनी यो हप्ताभित्र ७९ बर्षिय बुढिआमा चन्द्रकला मैनालीको पाऊ ढोगेर आशिरबाद थाप्न इलाम पुग्नेछन् ।

धेरैलाई जानकारी भईसकेकोले मैनाली प्रकरण बिगतमा के के भए भन्दा पनि अब के हुन्छ भन्ने कुरा महत्वपूर्ण हो र धेरैका लागि कौतुहुलताको बिषय पनि ।  त्यसैले नै यस घटनाले राष्ट्रिय अन्तरराष्ट्रिय समुदायको ध्यान तान्न सफल भएको छ । अनाहकमा लामो बन्दीजीवन पछि रिहाई भएर पारिवारिक पुनर्मिलनको अवसर पाएका मैनालीको मनस्थिति थाहा पाउन देशबिदेशका मिडिया काठमाडौंमा उत्रिसकेको खबर आइरहेका छन् भने जापानका ठूला मिडियाहरु पनि मैनालीसंगै नेपाल जान तारतम्य मिलाईरहेको बुझिएको छ ।

यसैबिच मैनाली प्रकरण बारे बिगतदेखि बर्तमानसम्म नजिकबाट नियालीरहेका  र तत्सम्बन्धमा जापानको मिडिया निकट रहेर यहाँका मिडियामा आएका समाचार, बिश्लेषण, टिकाटिप्पणी जस्ता सन्दर्भ सामाग्रीहरु नियमित अध्ययन गर्दै आउनुभएका जिज्ञानकुमार थापाले तयार पार्नुभएको एक रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ।
– जिज्ञानकुमार थापा
गत मे महिनाको ३१ तारिख फुजी सानकेई पत्रिकाको अनलाइनखबरले रातको ९ बजेर ४४ मिनेटमा एउटा समाचार प्रकाशित गरयो। जसको शिर्षक थियो- तेश्रो ब्यक्तिको डिएनएको मुल्याङकनलाइ केन्द्रित गर्दै पुनरावलोकन हुने नहुने बारे ७ तारिखमा फैसला हुने ।

यो शिर्षकले एउटा आशाको किरण पलायो। भोलिपल्टको जापानको पत्रपत्रिकाहरुले सानो स्थान दिएर उक्त बिषयबारे समाचार बनाए । जब ६ तारिखमा श्री मैनालीको श्रीमती राधा मैनाली, छोरीहरु मिथिला र एलिजा बुबालाई लिएर जाने भनेर जापान आए त्यसपछि जापानी मिडियाले उहाँहरुको हरेक वार्तालापलाई समाचार बनाएर छापे ।

त्यसपछि यो रिपोर्ट तयार पार्दासम्म ११० पटक मिडिया कभरेज भएको देखिएको छ। जसमध्ये जापानको सरकारी टिभी एनएचकेले त पुनरावलोकनको फैसला सुनाएको ७ तारिखको साँझ प्राइम समयमा ३० मिनेटको विशेष कार्यक्रम दिएको थियो।

समय नफर्के पनि इज्जत फर्केको छ
गोविन्द मैनालीजी निर्दोष भएर पनि १५ बर्ष जापानमा सजाय बिताउन बाध्य हुनुपरयो । त्यसमा जापानको सरकारी वकिल, यहाँको अदालत र जापान सरकार स्वयम जिम्मेवार हुनुपर्दछ। बितेको १५ बर्षको कष्टकर लामो समय त नफर्केला तर गोविन्दजीको इज्जत फर्केको छ । एउटा बेकसुर नेपालीको शिर ठाडो पारेर खुला निलो आकाशमा फेरी रमाउन पाउने दिन आएको छ, यसमा हामीले गर्व गर्नुपर्दछ। उहाँको धर्मपत्नी राधा मैनाली, छोरीहरु, बृद्धआमा र दाइ लगायत समस्त मैनाली परिवारलाई हार्दिक बधाई छ। तपाईहरुको धैर्यता र स्नानले आज गोविन्दजी फर्केर आउनुभएको छ।

घटना अहिले कुन स्टेजमा पुगेको छ त ?
गोविन्द मैनालीले गरेको भनिएको अपराधको बिषयमा अन्तिम फैसला भईसकेको छैन। कतिपय ब्यक्तिलाई अझैपनि भ्रम परेको हुनसक्दछ । उहांलाइ आरोप लगाईएको हत्याको फैसलाले आजीवन कारावासको सजाय तोकेको भएता पनि जापानमा अन्तिम फैसलाको पनि पुनरावलोकन गरी पाउ भनि निवेदन दिन मिल्दछ। पुनरावलोकन भनेको उक्त केशको बन्द गरिसकेको फाइल खोलेर त्यसमा फेरि न्यायधिशहरुले हेर्ने र दोषी छ कि छैन भनेर निर्णय गर्ने भन्ने हो। यस पटकको न्यायधिश ओगावाले गरेको सुनुवाईमा बन्द भैसकेको गोविन्दको मुद्दालाई पुन: एकपटक केश ओपन गर्नु भनिएको छ।

जसमा तलको २ कुराहरु सुनुवाई भएका छन।
:  प्रशस्त प्रमाणहरु हुदाँहुदै पनि उक्त प्रमाणहरुको DNA परिक्षण नगराईएको कारण गोविन्दले सजाय भोग्नु परेकोले, अब हुने सुनुवाईमा हाल गरिएको भनिएको उक्त परिक्षणहरु पनि पेश गर्न निर्देशन दिएको ।
२:  सबुद प्रमाण नजुटाई दिइएको सजाय भोगिरहेको उक्त सजाय तुरुन्त रोक्न आदेश ।
यि दुइ कारण गोविन्द मैनालीजी योकोहामाको कारावासबाट बाहिर निस्किनुभएको हो। यदि भिसा भएको भए जापानमै बसेर बाहिरबाट मुद्दा लड्ने स्थिति हुने थियो। तर उहाँलाइ सन १९९७ मा समातेको बेला भिसा नभएको इलिगल रहेको अवस्था भएको कारण हाल उहाँलाइ नेपालमा पठाउने तयारी गरिरहेको हो।

 नेपाल गएपछि मुद्दा सेलाउछ कि ?
त्यस्तो हुदैन। जापानको मैनाली सहयोग समितिका सदस्य तथा कानुनी तवरले भनौ या मिडियाको हिसावले भनौ यो जापानको संस्कृतिबारे बुझेर उचित सल्लाह सुझाव तथा सहयोग गरिरहनु भएका जापानी वकिलहरु हुनुहुन्छ। नेपाली तर्फबाट राजन प्रधानाङज्यूलगायत हुनुहुन्छ। कानुनी कुरा सहयोग समितिको जापानी वकिलहरु जस्ले यो ठाउंसम्म निर्दोष गोविन्द मैनालीजीलाई लिएर आउनुभयो उहाँहरुले बांकि कानुनी प्रक्रिया पनि निरन्तर गर्ने बताउनुभएको छ। जापानको कानुनमा पुनरावलोकनको मुद्दामा ब्यक्ति स्वयम उपस्थित हुनुनपर्ने र उसको वारेसनामा पाएको वकिल गए पुग्ने व्यवस्था गरिएको छ।

 क्षतिपुर्ति बारे के हुन्छ  ?
जापानको कानुनले सरकारी तर्फबाट गल्ति भएको अवस्थामा जेल सजाए पाएको जो कसैलाइ पनि उसले भोग्नुपरेको मानसिक पीडालगायत विविध कुरालाई ध्यानमा राखी क्षतिपुर्ति दिने गर्दछ। जसको रकम दिनको १ हजार येन देखि १२ हजार येन सम्मको परिधिबाट अदालतले निर्णय गर्दछ। तर त्यो पाउन पुनरावलोकनको मुद्दा सकिएर निर्दोष सावित भइसकेको हुनुपर्नेछ । त्यसकारण अझै केहि बर्ष लाग्न सक्छ।

यि र यस्तै थुप्रै बिषयमा अहिले नेपालीहरु र केहि जापानीहरुमा समेत कौतुहलता जागेको छ। जस्ले पनि गोविन्द मैनालीलाई जापान सरकारले ससम्मान नेपाल फर्काओस भन्ने चाहेको छ। कानुनको दायरा नाघेर उहाँलाइ सजाय दिने सरकारी मान्छेहरुले माफी माग्नुपर्छ। उहांको लागि क्षतिपुर्ति दिलाउन नेपाल सरकार, नेपाली मिडिया र जापानी मिडियाले समेत भूमिका खेल्नुपर्दछ। हालसम्मको घटनाक्रम र अबका तालिका बारे जाने वुझेसम्म लेखेर तयार गरेको छु ।

 (थापा एनआरएन जापानका सल्लाहकार हुन)   

 

तपाईको प्रतिक्रिया