Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौं- पुष्टि हुन नसकेको अभियोगमा पन्ध्र वर्षदेखि थुनामा रहेर इलाम, गोलाखर्कका गोविन्दप्रसाद मैनालीले न्याय पाएकोमा नेपाली जनसम्पर्क समिति जापानले स्वागत गरेको छ ।
टोकियोस्थित न्यायालय र न्याय मन्त्रालयले दिएको आदेशको  ऐतिहासीक भन्दै जनसम्पर्क समितिका अध्यक्ष बलराम श्रेष्ठ र महामन्त्री आनन्दबहादुर क्षेत्रीले स्वागत गर्नुभएको हो ।
‘हजार जना अपराधी जेलबाट छुटोस तर एक जना निरपराधीले बिना कसुर सजाय भोग्नु नपरोस् भन्ने अन्तर्राष्ट्रिय कानुनी सिद्धान्त चरितार्थ भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अब आउने पुन मुद्दा सुनुवाईमा पनि गोविन्द मैनालीले पूर्ण न्यायसहित सर्ब-सम्मान अन्तर्राष्ट्रिय स्तरको क्षतिपूर्ति पाउने गरि न्यालयबाट न्यायिक फैसला हुने कुरामा हामी सम्पूर्ण नेपाली जन समुदायले विश्वास गरेका छौ  ।’
विज्ञप्तीमा गोविन्द बेकसुर रहेको भन्दै ‘जस्टिस फर गोविन्द मैनाली’ समूह गठन गरी न्यायका लागि सहयोग गर्ने गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका सल्लाहकार राजन प्रधानाङ्ग, एनआरएन आईसीसीका कोषाध्यक्ष भवन भट्ट, एनआरएन आईसीसीका प्रवक्ता कुमार बस्नेत, एनआरएन जापानका पूर्वअध्यक्ष रोशन केसी, पूर्व कोषाध्यक्ष दिनेश गुरुङ, वर्तमान अध्यक्ष ओम गुरुङका साथै जापानी नागरिकहरु जुनको हासुमी, मिचिको इमाई, क्याकुनो सान, ताकाहासी सान, नाओको सान, मात्सुई सान, रिसा कुमानोलगायत होक्काइडोदेखि ओकिनावासम्मकका हजारभन्दा बढी जापानीलाई धन्यवाद दिइएको छ ।
नेपाली जनसम्पर्क समिति जापानले मैनालीको पक्षमा समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमप्रति पनि आभार प्रकट गरेको छ ।
एक जापानी यौनकर्मीको बलात्कारपछि हत्याको अभियोग लागेर थुनामा राखिएका मैनालीलाई बिहीबार टोकियोस्थित उच्च न्यायालयले निर्दोष ठहर्दै जेल बाहिरै रहेर पनि कानुनी लडाइँ लड्न सकिने आदेश दिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया