Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

टोकियो – जापानी महिलाको हत्या अभियोगमा १५ बर्षदेखि जापानी जेलमा रहेका गोविन्द मैनालीलाई सर्वोच्च अदालतको आदेश अनुसार उनी रहेको योकोहामा कारागारबाट केहीबेर अगाडि मात्र रिहा गरिएको छ । उनलाई परिवारसहित अहिले योकोहामास्थित अध्यागमन कार्यालयतर्फ लगिएको समाचार प्राप्त भएको छ । साथै सर्वोच्च अदालतको फैसलाप्रति सरकारी वकिलले दर्ता गरेको रिट समेत सर्वोच्च अदालतले खारेज गरेको छ ।

उनलाई एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको ठहर गर्दै सोही अदालतले आजिवन कारावासको सजाय सुनाएको थियो। सर्बोच्चले डिएनए परिक्षणको नतिजालाई आधार मान्दै जापानी युवती हत्यामा मैनाली संलग्न नभएको पुष्टी हुन आएकोले निर्दोष साबित भएको फैसला सुनाएको हो । मैनाली निर्दोष रहेको भन्दै उनको रिहाईका लागि गठित मैनाली सहयोग समितिले शुरुदेखि अन्तसम्म निरन्तर संघर्ष गर्दै आईरहेको छ ।

हत्या गरिएकी जापानी महिलाको मृत शरीरमा फेला परेको विर्य र रौंको डिएनए परिक्षणबाट मैनालीसंग मेल नखाएपछि उनी निर्दोष रहेको पुष्टी हुन गई उनले दायर गरेको पुनराबेदनमा मैनालीले मुद्दा जितेका हुन ।

सन् १९९७ मार्च महिनामा शिबुयाको एउटा अपार्टमेन्टमा बस्दै आएका मैनालीलाई सोहि भवनसंगै जोडिएको अर्को अपार्टमा बस्दै आएकी जापानको बिद्युत प्राधिकरणमा कार्यरत ३९ बर्षिय जापानी महिलासंग शारिरीक सम्बन्धपछि हत्या गरेको अभियोग लागेको थियो । मार्च ८ का दिन हत्या भएकी वातानाबे नाम गरेकी ती महिलाको मृत शरीर गोविन्द बस्ने घरसँगै जोडिएको अर्को’ अपार्टमेन्टमा मार्च १९ मा टोकियो प्रहरीले भेटेको थियो ।

पटक पटकको डिएनए परिक्षणको नतिजा मैनालीसंग मेल नखाएपछि हत्यामा अरुनै संलग्न रहेको पुष्टी हुन आएपछि उनको पक्षमा सर्बोच्चको फैसला आउने आधार बलियो बन्दै गएको थियो । जसअनुसार उनी रिहाई हुनेमा धेरैले अपेक्षा गरेका थिए ।

सन् १९९७ मार्चमा टोकियो जिल्ला अदालतमा प्रहरीले गोविन्दविरुद्ध पहिलोपटक मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले सन् २००० अप्रिल १४ का दिन गोविन्द निर्दोष भएको फैसला सुनायो । निर्दोष ठहरपछि भिसा नभएका कारण उनलाई नेपाल फर्काउन आवश्यक कागजात मिलाउन भनी अध्यागमन विभाग लगिएको थियो । अध्यागमन कार्यालयबाटै प्रहरीले फेरि पक्राउ गरयो । त्यसपछि सरकारी वकिलले टोकियो उच्च न्यायालयमा मुद्दा दायर गरे । न्यायालयले सन् २००० डिसेम्बर २२ का दिन पहिलेको फैसला उल्टाउँदै आजीवन कारावास सजाय सुनायो । गोविन्दलाई जुन न्यायाधीशले निर्दोष ठहर गरेका थिए उनैले दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएका थिए । पछि ती न्यायाधीश भ्रष्टाचार गरेको आरोपमा निलम्बनमा परेका थिए ।

घटनास्थलमा भेटिएका ४२ वटा प्रमाणको डिएनए परीक्षण गर्दा एउटै पनि मैनालीसँग मिल्ने नभेटिएपछि अदालतले मैनालीको पक्षमा निर्णय सुनाएको हो।

हेर्नुहोस् भिडियोः

गोविन्द मैनालीलाई रिहा गरिने फैसला पश्चात् उनी पक्षधरले पत्रकार सम्मेलन गरि फैसलाबारे सञ्चारमाध्यमलाई जानकारी गराउँदै ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया