Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- एमाले अध्यक्ष झलनाथ खनालले शुक्रबार राजधानीको खुलामञ्चमा हुने जनसभा स्थगित गर्न प्रधानमन्त्रीले गरेको आग्रह अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले जनसभा गरेर एक अर्काविरुद्ध उत्रनुभन्दा सहमतिमा अगाडि बढ्नुपर्ने बाध्यता बुझ्दै स्थगित गर्न आग्रह गरेका थिए । खनाल निकट स्रोतले भन्यो- ‘तर जेएन कमरेडले मान्नुभएन ।’
कांग्रेस-एमालेसहित दुई दर्जन दलले सरकारविरुद्ध शुक्रबार खुलामञ्चमा जनसभा गर्दैछन् ।
यसैबीच कांग्रेस-एमालेसहित २६ दलले शुक्रबार राजधानीमा गर्ने शक्तिप्रदर्शनलाई व्यवस्थित गर्न एकएकजना कार्यकर्ता परिचालन कमान्डर तोकेका छन्। संविधानसभा विघटन गरी चुनाव घोषणा गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको कदमविरुद्ध आयोजित सभामा कम्तीमा एक लाख कार्यकर्ता उतार्ने उनीहरुको तयारी छ।
कांग्रेस मुख्यालय सानेपामा भएको सत्ताविरोधी २६ राजनीतिक दलको आन्दोलन परिचालन समितिको बैठकले परिचालन कमान्डर तोकेको हो।
सभामा कांग्रेसका प्रकाशमान श्रेष्ठ, एमालेका कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय जनशक्ति पार्टीका केशरबहादुर विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासहित २६ वटै दलका एकएकजनालाई कार्यकर्ता ल्याउने जिम्मा दिइएको छ। कांग्रेस महामन्त्री सिंहले राष्ट्रिय सहमतिका लागि दबाबस्वरुप शक्ति प्रदर्शन गर्न लागिएको बताए।
अपराह्न २ बजे खुलामन्चमा सुरु हुने विरोधसभाअघि दलहरुले छुट्टाछुट्टै स्थानबाट जुलुस प्रदर्शन गर्नेछन्।
बैठकमा कांग्रेसले ३५ हजार र एमालेले २५ हजार कार्यकर्ता उतार्नेबारे छलफल भएको थियो। त्यसका लागि उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ता ओसार्ने तयारी छ।
काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाबाट कार्यकर्ता ल्याउने दलहरुको तयारी छ।
तपाईको प्रतिक्रिया