Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई पुनः परराष्ट्रमन्त्री बनाउनुभएको छ । संविधानसभा विघटन भएको एक सातापछि मंगलबार प्रधानमन्त्री भट्टराईले श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

श्रेष्ठले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि पनि परराष्ट्रमन्त्री नै रहेका श्रेष्ठ बीचमा एमाले सरकारमा गएसंगै पदमुक्त हुनुभएको थियो । उहाँको स्थानमा एमाले महासचिव ईश्वर पोखरेल पुग्नुभएको थियो । तर संविधानसभा विघटनपछि एमाले सरकारबाट बाहिरएको छ । ***

तपाईको प्रतिक्रिया