Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– नेकपा एमालेका सचिव शंकर पोख्रेलले माओवादीको बैद्य समूह र जनआन्दोलनका शक्तिहरुको विचमा एकता गरी मुलुकको संबैधानिक संकटको अन्त्य गर्न सकिने बताए । उनले बैद्य पक्षले माओवादीको लिगेसी लिन सके मुलुकले निकास पाउने समेत स्पष्ट पारे ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा पोख्रेलले पार्टीभित्र बैद्य पक्षको भूमिका कमजोर बनाउने, काग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति तोडेर सरकारमा टिकिरहने चाहना पाल्दा संविधानसभा विघटन भएको भन्दै अब आन्दोलनबाट मात्र मुलुकले निकास पाउन सक्ने ठोकुवा गरे ।
उनले भने–अब संबैधानिक संकटको गाठो जनआन्दोलनका शक्तिहरु मिलेर मात्र फुकाउन सक्छन । प्रचण्ड र बाबुरामजी संविधान क्रियाशिल गराउने पक्षमा देखिनु हुन्न । उहाँहरुले हिडेको बाटो  संबैधानिकता, सहमति र निर्वाचनको बाटो होईन ।यो यात्रा नरोकी कन नयाँ यात्रा सम्भव छैन । अब अर्को संविधानसभाको निर्वाचन हुन सक्दैन ।
उनले सत्ता लम्ब्याउने मात्र निर्वाचन घोषणा गरेको दावी गर्दै सरकारले सहमति विना कुनै पनि हालतमा संविधान संसोधन गरेर निर्वाचन गराउनै नसक्ने बताए । ***
तपाईको प्रतिक्रिया