Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य देबप्रसाद गुरुङले बर्तमान सरकारलाई विस्थापित गरेर सहमतिको सरकार निर्माणको लागी आफ्नो समूह सडक आन्दोलनमा जान तयार रहेको घोषणा गरे ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिने सर्तमा काग्रेस र एमालेको आन्दोलनलाई समेत समर्थन गर्ने स्पष्ट पारे ।
सत्तामा टिकिरहने स्वार्थका कारण प्रधानमन्त्रीले संविधानसभा विघटन गरेको आरोप लगाउँदै गुरुङले भने–दलहरुलाई फुटाएर राज गर्ने राष्ट्रियआत्मसर्मपणबादी विचार र शक्तिकेन्द्रको आडमा संविधानसभा विरुद्ध षडयन्त्र भएको भन्दै राजनीतिक रुपमा राष्ट्रिय सहमति नभएसम्म मुलुकले निकास नपाउने दावी गरे ।
उनले सरकारले घोषणा गरेको निर्वाचनबाट मुलुकले निकास पाउन सम्भव नरहेको भन्दै बृहत राजनीतिक सम्मेलन गरेर निकास खोज्नुपर्ने बताए ।
शान्ति र सविधानको बाटोमा हिड्ने नेतृत्वको लाईन असफल प्रमाणित भईसकेकोले लाईन नै परिवर्तन नगरेसम्म पार्टी एकीकरण हुन नसक्ने स्पष्ट पार्दै गुरुङले संगठनात्मक संरचना परिवर्तन गरेर मात्रै एकता हुन सक्ने बताए । उनले भने–आत्मसमिक्षा गरेर गल्ती स्विकारेर लाईन परिवर्तन गरे एकता सम्भव छ । गल्ती नमानेर पार्टी फुट्छ । यसलाई कसैले पनि रोक्ने सक्दैन । ***
तपाईको प्रतिक्रिया