Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौ- सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले काग्रेस र एमालेले आन्दोलनको नाममा निर्वाचन र अग्रगमनलाई विथोल्ने षडयन्त्र गरे सरकारले आन्दोलन विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानका नमिलेका विषयमा कांग्रेस र एमालेले सहमति जनाए वा निर्वाचनबाट अर्को सरकार आए मात्रै प्रधानमन्त्री पदमुक्त हुने स्पष्ट पार्दै कांग्रेस र एमालेले भन्दैमा प्रधानमन्त्रीको राजीनामा नआउने दावी गरे ।
साक्षात्कारमा उनले भने–मुलुकमा अहिले कांग्रेस र एमालेले भनेजस्तो कुनै संबैधानिक संकट छैन । राज्यपुर्नसंरचना आयोगले सिफारिस गरेको १० प्रदेशमा काग्रेस र एमालेले सहमति जनाए तत्कालै प्रधानमन्त्रीले पद छाडिदिनु हुन्छ । नभए छाड्नु हुन्न । कसैले धम्क्याएर प्रधानमन्त्रीले पद छाड्नु हुन्न । चुनाव र अग्रगमनलाई विथोल्न खोजे कांग्रेस र एमालेको आन्दोलन विरुद्ध सरकार जस्तोसुकै कडा कदम चाल्न पनि तयार छ ।
कांग्रेस र एमालेको बकम्फुसे कुराले आन्दोलन हुनै नसक्ने भन्दै उनले निर्वाचनमा जाँदा जमान जफ़त  हुने भयले कांग्रेस र एमालेले चुनावको विरोध गरेको आरोप समेत लगाए ।
संविधानसभाको विघटन यथास्थितिबादी नेकपा एमालेको कारण भएको भन्दै कांग्रेस एमालेको जालमा फसेको ठोकुवा सन्चारमन्त्रीले गरे । उनले कांग्रेस र एमाले भन्दा उनीहरुभित्रका जातीय ककस बलियो भएकोले पनि उनीहरु निर्वाचनमा जान डराएको दावी गरे । ***
तपाईको प्रतिक्रिया