Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडों–माओवादी अध्यक्ष पुष्पकमल दाहालले कङ्ग्रेस र एमालेले यो सरकारलाई बहुमत पुर्‍याएर ढाल्नका लागि संविधान सभा विघटन गर्ने तर संसद भने कायमै राख्‍ने सोच बनाएको आरोप लगाएका छन्। संविधान सभा बैठक सुरु गर्न समेत उनीहरुले नमानेको भनाई पनि दाहालको थियो।
सत्ता गठबन्धन दलहरुले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष दाहालले आफुले राष्ट्रपति, काँग्रेस र एमालेका नेताहरुस‌‌ंग राष्ट्रिय सहमतिका लागि छलफल गरेको र सहमतिबाट मात्र अवको निकास निस्कने हुँदा सहमतिको आधारमा नै अघि बढ्नुपर्ने उल्लेख गरे ।
सहमतिको आधारमा निर्वाचन, स‌विधान सभाको पुनर्स्थापना वा अन्य विकल्पमा पनि जान आफू तयार रहेको उनले उल्लेख गरे ।
उनले भने – “अहिले पनि हामीसँग समय छ भन्दै उनले राजनीतिक दलहरुले जनताको संविधान बनाउन सक्ने अवस्था छ ।”  उनले यसका लागि सहमतिको वातावरण बनाउन सबै पक्षसँग आग्रह पनि गरे। ***
तपाईको प्रतिक्रिया