Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौ- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार बिहान एमाले अध्यक्ष झलनाथ खनाललाई टेलिफोन गरी सहमतिको विकल्प नभएकाले वार्ता र सम्वादका लागि आग्रह गरेका छन् ।
यसअघि प्रधानमन्त्री भट्टराई खनाल र कांग्रेस सभापति सुशील कोइरालाको निवास पुगेर सहमतिका लागि आग्रह गरेका थिए । दलहरुबीच सहमति भए जस्तो सुकै योगदान दिन तयार रहेको भन्दै आएका भट्टराईले १२ बुँदा देखि जारी सहमति र सहकार्यको यात्रालाई जारी राख्नुको विकल्प दलहरुसंग नरहेको खनालसंग भने ।
प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेका अनुसार भट्टराईले सवा ११ बजे खनाललाई फोन गरेका थिए।
कांग्रेस एमाले लगायतका १९ दल प्रधानमन्त्रीले पद त्याग गरेर राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्ने भन्दै आएको छ । सरकार विरुद्ध बनेको मोर्चाले जेठ २६ गते राजधानीको खुलामंचमा बिरोध सभाको तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया