Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- पार्टी एकता संकटमा परेको भन्दै दुवै पक्षले अन्तिम र निर्णायक वार्ता गर्ने बताए पनि अन्ततः भाँडिएको छ ।
अध्यक्ष प्रचण्डले वार्ताका लागि अपिल गरे पनि वैद्य पक्षको भित्री चाहना पार्टी एकता होओस् भन्ने नरहेका कारण संवादहीनता उत्पन्न भएको संस्थापन पक्षले आरोप लगाएको छ। प्रचण्डले वार्ताका लागि पहल गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य कृष्णबहादुर महरालाई निर्देशन दिएका थिए ।
प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा पार्टी एकता सुदृढ गर्न आफू पद त्याग गर्न समेत तयार रहेको बताएका थिए । तर वैद्य पक्षले भने प्रचण्डको प्रस्तावमा चालबाजी लुकेको भन्दै विश्वास गर्न नसकिने बताएको छ।
वैद्य पक्षका केन्द्रीय सदस्य कुमार दाहालले भने, ‘प्रचण्डको बोलीमा हामीलाई विश्वास छैन।’ दाहालले पार्टी एकताको आधार नभएकाले वार्ता आफूहरूको प्राथमिकतामा नपरेको बताए ।
पार्टी एकताका लागि अध्यक्ष प्रचण्डले पद त्याग गरेर मात्र नहुने दाहालको भनाइ थियो। आफूले लिएको शान्ति र संविधानको कार्यदिशा असफल भएको स्वीकार गर्दै अध्यक्षले माफी माग्नुपर्ने दाहालले बताए ।
पोलिट्ब्युरो सदस्य अग्निप्रसाद सापकोटाले भने कुनै गल्ती नै नगरेकाले प्रचण्डले माफी माग्न नसक्ने स्पष्ट गरे । चुनवाङ बैठकले एकमतले पारित गरेको कार्यदिशाका आधारमा पार्टी शान्तिप्रक्रियामा आएको र यसबीचमा नेतृत्वबाट कुनै गम्भीर त्रुटी नभएकाले माफी माग्न जरुरी नभएको उनले बताए । ***
तपाईको प्रतिक्रिया