काठमाडौं – सोलुखुम्बुकी १६ बर्षिय नेपाली किशोरी निमा छेम्जी शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । गत मे १९ तारिख, अपरान्ह १२ बजेर १३ मिनेटमा सगरमाथामा पाइला टेकेर नयाँ ईतिहास कायम गरेकी हुन । एसएलसी परिक्षा दिएर बिदाको समय सदुपयोग गर्दै पितासँगै छेम्जी सगरमाथा आरोहणमा गएकी थिइन् । सोलुखुम्बुको गुदेल गाविसकी शेर्पा काठमाण्डौंको बौद्धमा वस्दै आएकी छिन् ।
अहिलेसम्म १६ जना नेपाली महिलाले सगरमाथाको सफल अरोहण गरेको भएपनि ती सवै २० बर्षभन्दा माथिका थिए । छेम्जीले आफु सवैभन्दा कम उमेरको महिला सगरमाथा आरोही भएको दावी गरेकी छिन् । यसअघि पुरुष आरोहीवीच कम उमेरको सगरमाथा आरोहणमा प्रतिस्पर्धा भएपनि महिलाहरु २० बर्ष माथिका मात्र रहेको पर्यटन उद्योग महाशाखाले जनाएको छ ।***