Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- संविधान जारी गर्ने अघिल्लो दिन शनिबार प्रमुख दलहरु अन्तिम कोसिसका लागि जुटेका छन् । विवादित विषयमा सहमति जुटाई आइतबार संविधान जारी गर्न दलहरुबीच कसरत हुन लागेको हो ।
यसअघि प्रमुख तीन दल र मधेसी मोर्चाको शुक्रबार सिंहदरबारमा बसेको दोस्रो बैठकमा चारै शक्तिका शीर्ष नेतामात्र केही बेर अलग्गै बसे पनि ठोस निश्कर्ष भने निस्कन सकेन । बैठकबारे जानकारी दिँदै माओवादी उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले शनिबारसम्ममा निकास खोज्न सहमत भएको बताएका थिए ।
चार दलका नेताले आपसी समझदारी अपरिहार्य भएको र जसरी पनि सहमति खोजेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ थियो।
नेकपा एमालेका नेता भीम रावलले शनिबारको निर्णायक बैठकले निकास दिन नसके प्रदेश सीमाङ्कन तथा नामाकङ्नलगायतका विषयमा रुपान्तरित व्यवस्थापिका संसद वा प्रादेशिकसभाले टुङ्गो लगाउनेमा चारैदल सहमतिको नजिक पुगेको बताए।
आइतबार नै  सहमति जुटाउन सिंहदरबारमा बसेको निश्कर्षविहीन बैठक लगत्तै शितल निवास पुगेका शीर्ष नेताहरुलाई राष्ट्रपति रामवरण यादवले विवादित विषयलाई छिटो टुङ्ग्याएर जेठ १४ भित्रै संविधान जारी गर्न सुझाव दिएका थिए ।
राष्ट्रपति यादवलाई भेट्न एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार शीतलनिवास पुगेका थिए।
करिब ४० मिनेट लामो भेटमा नेताहरूले संविधान निर्माणमा आफूहरू प्रतिबद्ध भएर लागेको र विवादित विषयलाई रुपान्तरित व्यवस्थापिका-संसदमा लगेर हल गर्ने समेत बताएका थिए।
तपाईको प्रतिक्रिया