Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– पूर्व सांसद तथा दलित आन्दोलनका अगुवा मनबहादुर विश्वकर्माको शुक्रबार निधन भएको छ ।
विगत लामो समयदेखि मिर्गौला रोगबाट पीडित विश्वकर्माको शुक्रबार बिहान उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।
स्व. विश्वकर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको दलित अधिकारकर्मी पद्म सुन्दासले बताउनुभयो ।
पर्वत घर भएका विश्वकर्मा बहुदल स्थापना भएपछि तत्कालीन राष्ट्रियसभाको सदस्य हुनुभएको थियो । उहाँ दलित विद्यार्थीहरुका लागि खोलिएको समाज विकास छात्रावासको संस्थापक हुनुहुन्थ्यो ।
उहाँ दलित अधिकारका क्षेत्रमा सामाजिक अभियान चलाउनुका साथै पत्रकारितामा पनि क्रियाशील हुनुहुन्थ्यो ।
तपाईको प्रतिक्रिया