Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- संविधानसभाको म्याद थप्न नहुने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे प्रमुख दलका नेताबीच आज बिहानैदेखि छलफल सुरु भएको छ। एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीच द्विपक्षीय छलफल भएको छ।
त्यसको लगत्तै नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र एमाओवादीका अध्यक्ष दाहाल सहितका नेताबीच छलफल भएको छ।
एमाओवादी-मोर्चा बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मोर्चाका नेता हृदयेश त्रिपाठीले सङ्घीयताबिनाको संविधान आफूहरूलाई स्वीकार्य नहुने बताए। ‘अदालतको निर्णय हतारमा आएको छ, सङ्क्रमणकालले राजनीतिलाई मात्र होइन अरू निकायलाई पनि प्रभाव पार्छ, मन्त्री त्रिपाठीले भने। उनले पाँचबुँदे सहमति अनुसार संविधान जारी गर्नुअघि प्रधानमन्त्रीले राजिनामा दिने बताउँदै यही जेठ १४ अघि अधिकतम प्रयास गरी सहमतिबाटै संविधान जारी गरिने बताए।
मन्त्री त्रिपाठीले सङ्घीयतामा जाँदा राज्य पुनःसंरचना समिति र राज्य पुनःसरचना आयोगको प्रतिवेदनका आधारमा हुनुपर्ने बताए।
त्यसैगरी एमाओवादी, एमाले र काँग्रेसका नेताबीचको छलफलपछि काँग्रेस उपसभापति पौडेलले जेठ १४ भित्रै संविधान जारी गर्ने विषयमा एक प्रकारको समझदारी भएको बताए। उनले भने- ‘संविधानका अहिलेसम्म मिलेका विषयलाई समेटेर संविधान जारी गर्ने र बाँकी काम रुपान्तरित संसद्ले गर्ने गरी संविधान निर्माण गर्ने विषयमा मोटामोटी छलफल भयो।’ सङ्घीयता सहितकै संविधान बन्ने पनि उनले स्पष्ट गरे।
नेकपा (एमाले)का अध्यक्ष खनालले पनि जेठ १४ भित्रै संविधान जारी गर्ने विषयमा नेताबीच छलफल भएको र विवादित विषयमा दलबीच छलफल गरेर सहमतिमा पुग्ने बताए।
तपाईको प्रतिक्रिया