Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– राष्ट्रिय गानका रचयिता ब्याकुल माइला सरल साहित्यकार मानिन्छन् । जसले चाहे पनि उनलाई भेट्न समस्या छैन ।
यसैक्रममा विश्वप्रसिद्ध गार्जियन पत्रिकाका पत्रकारले पनि राष्ट्रिय गानका रचयिता माइलालाई भेटेछन् । भेटेपछि उनले लेखेछन्, ‘नेपालका राष्ट्रिय गानका रचयितालाई भेट्न मलाई कुनै अफिसियल्ली प्रक्रिया पूरा गर्नुपरेन, उनको हालत त बोस्नियाका राष्ट्रिय गानका सर्जकको जस्तै रहेछ ।’
ती पत्रकारको अभिव्यक्तिपछि माइलालाई आफूलाई राज्यले हैसियत पनि नदिएको भन्दै चिन्तित भएका छन् । ‘मलाई कहिल्यै ठूलो हुँ भन्ने लागेको थिएन, तर ती पत्रकारको अभिव्यक्तिले साँच्चै चित्त दुखायो,’ उनले भने ।
राष्ट्रिय गानका रचयिता माइलाले राज्यले आजीवन दिने भनिएको मासिक २५ हजार रुपैयाँ पनि अहिलेसम्म नदिएको बताए ।
तपाईको प्रतिक्रिया