Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- उपप्रधानमन्त्रीबाट राजिनामा गरेका नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री डा बाबुराम भट्टराईले पदबाट राजिनामा दिए पनि संविधानसभाको म्याद अव नथपिने स्पष्ट पारेका छन् ।
सभापति सुशिल कोइराला मार्फत प्रधानमन्त्रीसमक्ष राजिनामा बुझाए लगत्तै रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सिटौलाले सर्वोच्च अदालतको फैसला सबैले मान्नै पर्ने भन्दै सोही आधारमा म्याद नथप्ने कुरामा नेपाली काग्रेस अडिग रहेको बताए ।
साक्षात्कारमा उनले छोटो प्रकृयाबाट अहिले पनि विवादित विषयलाई थाति राखेर संविधान जारी गर्न सकिने भन्दै बाँकी विषयलाई रुप्ान्तरित संसदले टुङगो लगाउने गरी संविधानसभालाई भंग गर्नु पर्ने धारणा राखे ।
उनलेभने- संविधानसभामा धेरै लगानी भएको छ, अहिलेसम्म भएका संघर्षहरु पनि ब्यर्थ हुन्छ त्यसैले संविधानसभा भंग गरेर रुपान्तरित संसद राखेर काम गर्न सकिन्छ । केही बाकी राखेर पनि जेठ १४ गते भित्र संविधान जारी गर्नै पर्छ । यसको विकल्प छैन ।
सिटौलाले जेठ १४ अघिनै संविधान जारी गर्ने र संविधानको घोषण अघिनै काग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने सहमति अनुसार बातावरण बनाउन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा काग्रेस सहभागी भएको भन्दै प्रधानमन्त्रीले संविधान घोषणाको बातावरण नबनाएकोले सरकारमा बस्नुको औचित्य सकिएको दावी गरे ।
उनले भने- सहमति लागु नभएको र त्यसकोलागी माओवादी ईमान्दार नभएकोले राजिनमा दिएको हु । विश्वासको बातावरण नभए पनि सरकारमा बस्नुको औचित्य सकियो । २ वर्षमा बन्नु पर्ने संविधान ४ वर्ष सम्म बन्दैन र सहमति पनि उल्टिन्छ भने बाबुरामजीलाई सहयोग गर्न सकिदैन । सहमति अनुसार प्रधानमन्त्रीले नैतिकताको आधारमा पनि राजिनामा दिनु पर्छ ।
सिटौलाले थपे-बाबुरामजीको समय सकियो । अब उहाँले राजिनामा गर्नै पर्छ । राजनीतिमा धोका गर्न पाईदैन ।
तपाईको प्रतिक्रिया