Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – आजभन्दा ५ बर्ष पहिले बिजनेश भिसामा जापान आएका बागलुङ बलेवाका दिलबहादुर खड्काको मंगलबार बिहान ५ बजेतिर टोकियो इतावासी कु-मा पर्ने ओयामा अस्पतालमा निधन भएको छ ।

नजिकबाट चिन्नेहरुकाअनुसार बागलुङबाट बसाई सराई गरी काठमाडौं आएका करिव ४४, ४५ बर्षका खड्का लामो समयदेखि जण्डिस रोगले ग्रसित थिए । आज बिहान ४ बजेतिर अचानक असजिलो महसुस भएपछि श्रीमतीसहित अस्पताल पुगेका खड्का अस्पताल पुगेपछि बेहोस भई ढलेका थिए र त्यसपछि उनलाई डाक्टरहरुले मृत घोषित गरेका थिए ।

टोकियो ताबातामा दिलसागर रेष्टुरेन्ट चलाउँदै आएका बस्नेत केहि महिना अगाडि मात्र रेष्टुरेन्ट बिक्रि गरि बसेका थिए ।

जापान आउनुअघि खड्का लामो समयसम्म अष्ट्रेलियामा बसेका थिए । स्वर्गिय खड्काको श्रीमती जापानमै छिन् भने ५ बर्षिय एउटी छोरी नेपालमा छिन् । खड्काको पार्थिव शरीर अहिले ओयामा अस्पतालमा राखिएको छ । अन्तिम सँस्कारका बारेमा आफन्तहरुबिच सरसल्लाह भईरहेको बुझिएको छ ।***

तपाईको प्रतिक्रिया