टोकियो – आवासीय बिदेशी नागरिकहरुका लागि आगामी जुलाई ९ तारिख देखि नयाँ आवास प्रवन्ध प्रणाली सम्बन्धि जानकारी दिने उद्देश्यले टोकियो क्षेत्रिय अध्यागमन ब्यूरो (ईमिग्रेशन) ले बिभिन्न मितिमा बिभिन्न भाषामा सेमिनारहरु सञ्चालन गर्ने भएको छ ।
जसअनुसार नेपालीहरुका लागि आगामी जुन महिनाको २० तारिख बुधबार सिन्जुकुको काबुखिचोमा दिउसो १:३० बजेदेखि ४:०० बजेसम्म उक्त बिषयमा सेमिनार हुने भएको छ । उक्त सेमिनारमा श्रोत ब्यक्तिकारुपमा अध्यागमन ब्यूरोका प्रशासन शाखाका सहायक निर्देशक योसिआकी सावादा रहनेछन् भने नेपाली भाषामा अनुवादकर्ताको पनि ब्यवस्था रहने जनाईएको छ ।
उक्त सेमिनारमा श्रोत ब्यक्ति सावादाले जुलाई ९ देखि परिबर्तन हुन गईरहेको नयाँ आवास सम्बन्धि जानकारीका बिषयमा ४५ मिनेट प्रवचन दिने कार्यक्रम रहने छ भने अर्को ४५ मिनेट प्रश्नोत्तर गरिने छ । यसैगरी सहभागीहरुलाई भाषाअनुसार बिभिन्न समुहमा बिभाजन गरी दोभाषेमार्फत थप जानकारी गराईने छ भने अर्को १ घण्टा जापान आगमन, आवास परिक्षणकासाथै दैनिक जीवनमा आईपर्ने बिभिन्न समस्याहरुका बारेमा परामर्श कार्यक्रम रहने बताईएको छ ।
सेमिनारमा अधिकतम सहभागि संख्या ३० जना निर्धारण गरिएकोले समयमै सम्पर्क राखी सहभागिताका लागि नाम दर्ता गराउनुपर्ने कल्सल्टेशन सपोर्ट सेन्टर फर फरेन रेसिडेन्ट सिन्जुकु कि को-अर्डिनेटर यामामोतो युमीले बताईन् । उक्त सेमिनार सम्बन्धि थप जानकारीका लागि समुद्रपारि डट कम हेर्दै गर्नुहोला ।
सेमिनारको तालिका यसप्रकार छ :
१. २०१२ मई २७ आइतबार, बिहान ९:०० देखि १२.०० बजेसम्म – चिनिया, बंगाली र म्यान्मार
२. २०१२ जुन ३ आइतबार, दिउसो १:३० बजेदेखि ४:०० बजेसम्म – कोरिया, भियतनाम र ईण्डोनेसिया
३. २०१२ जुन २० बुधबार, दिउसो १:३० बजेदेखि ४:०० बजेसम्म – नेपाली, भियतनाम, रुमानिया र बंगाली
सबै सेमिनार हुने स्थान भने एकै हुने छ-
Consultation Support Center For Foreign Residents
Hygeia 11 Floor
2-44-1 Kabukicho, Shinjuku -Ku
Tel: 03-3202-5535