Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- नयाँ सविधान जारी गर्ने समय नजिकिंदै गर्दा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँ महानगरपालिकाभित्रका १२ स्थानमा निषेधित घोषणा गरिएको छ।  काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेद्वारा जारी निषेधित क्षेत्रको आदेश भोलिबाट लागू हुनेछ।
यो आदेशअनुसार राष्ट्रपति कार्यायलको परिसरको प्रवेशद्वारको उत्तर दक्षिण ५० मिटर, उपराष्ट्रपतिको कार्यालयको परिसर अगाडि, प्रधानमन्त्रीको निवास क्षेत्र बालुवाटार, भद्रकाली मन्दिर रिपुमर्दन पेट्रोलपम्प अगाडिसम्म तथा माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण ढोका हुँदै हनुमानस्थानसम्म धर्ना, जुलुस र सभा गर्न पाइने छैन।
त्यसैगरी संविधानसभा भवनको पश्चिम ढोकाबाट नयाँ बानेश्वरचोकसम्म, माइतीघर मण्डलादेखि पद्मोदय स्कूलको मोडसम्म, नयाँ बानेश्वरचोकदेखि होटल एभरेष्ट पश्चिमतर्फ ७५ मिटरसम्म, नयाँ बानेश्वरचोकदेखि अरनिको राजमार्ग हुँदै संविधानसभा भवनको दक्षिण पर्खालको अन्तिमविन्दु सम्मको राजमार्गको दायँ बायाँ दुवै किनारासम्म, नयाँ बानेश्वरचोकदेखि शंखमूल जाने सडकतर्फ ५० मिटरसम्मको इलाकालाई पनि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा जनाइएको छ।
त्यसैगरी नयाँ बानेश्वरचोकबाट संविधानसभा भवनको पश्चिमबाटो हुँदै पश्चिम पर्खालको अन्तिम विन्दुसम्मको सडकको दायाबायाँ किनारा र संविधानसभा भवनको ३ नं. ढोकाबाट थापागाउँतर्फ आउने बाटोको अनमोल क्याटरिङको ढोकासम्म भाग पनि निषेधित क्षेत्रमा परेका छन्।
तपाईको प्रतिक्रिया