Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले नेपालका लागि भारतका राजदूत जयन्तप्रसादसँग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर एसडी मेहताले दिएको अभिव्यक्तिबारे स्पष्टिकरण लिएका छन्।
नेपाल-भारत सुमधुर सम्बन्धमा प्रतिकूल प्रभाव पर्ने किसिमले दिइएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सचिव भट्टराईले वास्तविकताबारे भारतीय राजदूतसँग सोधपुछ गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले बताए।
द्विपक्षीय सम्बन्ध, क्षेत्रीय अखण्डता एवम् सामुदायिक सद्भावमा खलल पुग्नेतर्फ सचेत गराउँदै सचिव भट्टराईले छानबिन गरी कारबाही गर्न भारतीय राजदूत प्रसादसँग आग्रह गरेको जानकारी प्रवक्ता थापाले दिए।
विषयको गाम्भीर्य र संवेदनशीलतालाई बुझेर उपयुक्त कारबाही गरी त्यसको जानकारी नेपाल सरकारलाई गराउन परराष्ट्र सचिवले अनुरोध गरेको उनको कथन थियो।
‘राजदूत प्रसादले आफू मातहतका कर्मचारीको भनाइबारे प्रारम्भिक अनुसन्धान गरेको जानकारी दिँदै नेपाली नेतृत्वले अघि बढाएको शान्तिप्रक्रियामा भारतको सधैँ सहयोग र सकारात्मक दृष्टिकोण रहेको बताउनुभयो,’ राजदूतलाई उद्धृत गर्दै प्रवक्ता थापाले उल्लेख गरे।
त्यसअघि प्रमुख राजनीतिक दलका शीर्ष नेताले भारतीय कूटनीतिक अधिकारीको भनाइप्रति आपत्ति जनाउँदै सरकारको धारणा सार्वजनिक गर्न र उनलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया प्रारम्भ गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
यसैबीच, यहाँस्थित भारतीय राजदूतावासले एक वक्तव्य जारी गरी महावाणिज्य दूतावासका कर्मचारीलाई उद्धृत गर्दै सञ्चार माध्यममा आएका विवरण आधारहीन भएको दाबी गरेको छ। ‘यस्ता उद्धरणको उद्देश्य भारत-नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध क्षय गर्नु हो,’ वक्तव्यमा भनिएको छ।
प्रजातान्त्रिक एवम् समृद्ध नेपालको स्थापनाका लागि संविधान लेखनको प्रक्रियमा सघाउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै वक्तव्यमा नेपाली जनता र यहाँको नेतृत्व वर्गले सोचेअनुरूपको विशेष सहायता गर्न भारत तयार रहेको जनाइएको छ। ***
तपाईको प्रतिक्रिया