Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एसडी मेहताले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादलाई आग्रह गरेका छन्।
अध्यक्ष दाहालले आज राजदूत जयन्त प्रसादलाई आफ्नै निवास लाजिम्पाटमा बोलाएर भारतीय कर्मचारी मेहताले नेपालको आन्तरिक मामलामा किन चासो राख्नुभएको हो त्यसबारे स्पष्ट पार्न अनुरोध गर्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए।
मेहताले स्थानीय राजनीतिक दलका नेतालाई बोलाएर समग्र मधेस एक प्रदेश बनाउनुपर्ने र त्यसको लागि आन्दोलन गर्न भन्दै उक्साएको समाचार सार्वजनिक भएपछि अध्यक्ष दाहालले राजदूत जयन्त प्रसादसँग यसबारे आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।
सो अवसरमा राजदूत जयन्तले महावाणिज्य दूतावासका कर्मचारीले के भनेका हुन् सो बारेमा बुझेर जानकारी गराउने बताए।
तपाईको प्रतिक्रिया