Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

जापानमा राहत सहयोग संकलन कार्य जारी

टोकियो – सेती नदीमा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या ३१ पुगेको छ। पर्वत लेखफाँट ७ का ५९ वर्षीय कुमबहादुर पुन, पोखरा-१ सिम्पानीका २८ वर्षीय जंगु मगर र तनहूँ ढोरफिर्दी ३ का ४९ वर्षीय मानध्वज तामाङको सनाखत भएपछि मृत्यु हुने संख्या ३१ पुगेको हो। कास्की प्रहरी प्रवक्ता निरीक्षक रवीन्द्र पौडेलले अझै ६ जनाको सनाखत हुन नसकेको बताए। प्रहरीका अनुसार अझै ४२ बेपत्ता छन्।

हालै सेती नदीमा आएको बाढीले करीव ७ करोडको क्षति पुरयाएको छ। बाढीबाट ४ करोड ९६ लाख २८ हजार रुपैंयाँ बराबरको सार्वजनिक र १ करोड ७६ लाख ७ हजार रुपैया बराबरको नीजि सम्पत्ति नोक्सान भएको छ। जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति कास्कीले उक्त विवरण सार्वजनिक गरेको हो।

विवरणका अनुसार बाढीबाट १९ वटा घर, ३ वटा झोलुङ्गे पुल, ८ वटा पाटीपौवा, २ वटा पानी घट्ट, ४५ मिटर पाईप सहित खानेपानीको ट्रस ब्रिजमा क्षति पुगेको छ। बाढीले माछापुच्छ्रे गाविसको १ सय ४४ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।

यसैबीच सेती बाढिपीडितको राहतस्वरुप भन्दै जापानबाट बिभिन्न संघसंस्था तथा समुहले आर्थिक सहयोग रकम संकलन गरिरहेका छन् । एनआरएन जापानले आफ़्नै कार्यसमिति भित्रबाट आन्तरिकरुपमा राहतका लागि आर्थिक सहयोग रकम संकलन शुरु गर्दै सहयोग कार्यलाई अरु तिब्र पार्न आईसीसीकोसमेत ध्यानाकर्षण गराउने बुझिएको छ । उता डिबिए मानवीय सहयोग समितिले सार्बजनिकरुपमै सहयोगको अपिल गर्दै आर्थिक सहयोग संकलन गरिरहेको र उत्साहजनक रकम संकलन भईरहेको सो सँस्थाका संयोजक ईश्वर अधिकारी बताउनुहुन्छ । यसैगरी एक्स बगर युथ क्लव पोखरा जापानले पनि राहतका लागि आर्थिक सहयोग संकलन कार्यलाई तिब्रताताकासाथ अगाडि बढाएको सो सँस्थाका सँस्थापक श्रीभक्त गुरुङले बताउनुभएको छ । यसैगरी तमु धीं जापानले पनि समितिनै गठन गरी सेती बाढि पीडितका लागि राहत संकलन कार्य शुरु गर्दै सहयोगका लागि आह्वान गरेको धीका महासचिव कुमार गुरुङले बताउनुभयो । यसैगरी नेपाल जापान सेवा समाजले सेती बाढि पीडितका लागि ३७ हजार २० रुपैंया यस अघि नै पठाईसकेको सो सँस्थाका अध्यक्ष कृष्ण के. श्रेष्ठ काल्सले बताउनुभएको छ ।

पोखरा क्षेत्रमा सेती बाढिले पुरयाएको क्षतिको घाउ चहरयाईरहेका बेला फेरि पूर्वमा भएको भयानक आगलागीबाट ठूलो धजजनको क्षति भएको छ । यसरी एकपछि अर्को गर्दै मुलुकमा घट्ने दैविप्रकोपजन्य घटनाबाट प्रभावित हुनेहरुका लागि फरक फरक सँघसँस्थाले छुट्टाछुट्टै सहयोगको अपिल गरिरहनुभन्दा एउटै सामुहिक राहत कोष खडा गरी बिपत्तिका बेला उक्त कोषबाट खर्च गर्ने अवधारणा प्रस्तावकारुपमा अगाडि आईरहेको छ । धेरै अगाडिदेखि बेलाबेलामा चर्चामा आएको तर ठोस आकार लिन नसकेको उक्त अवधारणा पछिल्लो समयमा एनआरएन जापानबाट पुनः प्रस्ताव आएको छ । तत्सम्बन्धमा जापानका सबै सँघसँस्थाहरुबीच छलफल र सहकार्य गर्दै एउटा दीर्घकालिन नीतिसहितको संयन्त्र निर्माण गरिनु उपयुक्त हुने यहाँका जानेमानेकाहरु बताउँछन् । ***

तपाईको प्रतिक्रिया