Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- शान्ति र संविधानको काम पुरा गरेर मुलुकलाई अग्रगमन तिर लाने बेलामा मुलुकलाई फेरि प्रतिगमन तीर लैजाने गरी अराजक ढंगल बन्द र हडताल जारी राखे सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
ब्राहमण, क्षेत्री, दशनामी र ठकुरीहरुले आब्हान गरेको अनिश्चित कालिन नेपाल बन्दकावीच रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उपस्थित मन्त्री टोपबहादुर रायमाझीले बन्द हडतालले शान्ति र संविधानको कामलाई असफल पारेर धमिलो पानीमा माछा मार्ने प्रतिगामी तत्वलाई मद्दत पुग्ने भन्दै सरकार चुप लागेर नबस्ने स्पष्ट पारे ।
मन्त्री रायमाझीले शान्ति र संविधान भाड्न खोजिए त्यसका विरुद्ध अग्रगमन शक्तिहरु एक भएर लाग्नुपर्ने बताए । उनले भने-बारम्बार बन्द गर्दा मुलुक प्रतिगामी धारतिर जान्छ । यो मुलुकको लागि घातक हुन्छ । तर असन्तुष्टी पोख्नु आन्दोलन गर्नु  अन्यथा होईन ।
दलहरुवीच भएको सहमति कसैको पक्षमा पनि नभएकोले सबैतिरबाट असन्तुष्ठि देखिएको भन्दै मन्त्री रायमाझीले कसैको पक्षमा पनि पूर्णरुपमा शान्ति र संविधान नभएकोले नै राष्ट्रिय सहमति बन्न सकेको दावी गरे । उनले भने-कसैको पक्षमा भएको भए अर्को पक्षमा मर्कामा पर्दथ्यो तर अहिले त्यस्तो अवस्था छैन । त्यसैले यो सहमति र एकताको दस्तावेज हो । यो राम्रो भएको छ । अहिले असहमतिको विचबाट सहमति खोज्ने बेला हो ।
मन्त्री रायमाझीले कसैको पनि पूर्णरुपमा पक्षमा सहमति नभएकोले प्रारम्भमा सबैको असन्तुष्ठि देखिएको उल्लेख गर्दै विस्तार सबैले यो सहमतिलाई मान्ने दावी पनि गरे ।
साक्षात्कारमा अर्का मन्त्री  सूर्यमान गुरुङले आन्दोलन अराजक बन्दै शान्ति र संविधानमा अवरोध उत्पन्न गरेर सरकार चुप लागेर नबस्ने भन्दै  सबै आन्दोलनलाई मिलाएर सरकार शान्ति र संविधानको पक्षमा अगाडि बढ्ने बताए । उनले अधिकार माग्ने बेला अहिलेनै भएकोले अहिले भईरहेका आन्दोलनहरु स्वभाविक भएको भन्दै आन्दोलनलाई अराजक बनाउन नहुने धारणा राखे ।
जेठ १४ भित्रै संविधान बन्ने दावी गर्दै उनले सबै पक्षलाई मिलाएर सहमतिको संविधान बनाउन सरकार संबेदनशिल भएको बताए ।
उनले संविधान जारी हुने विषयमा विश्वासको संकट भएको भन्दै विश्वासको संकट अन्त्य गरेर संविधान जारी गर्नुको विकल्प नभएको स्पष्ट पारे ।
एमालेको तर्फबाट मन्त्री बनेकी राधा ज्ञवालीले बन्द गर्दा बन्दकर्ताकै माग पुरा गर्न अप्ठ्यारो आउने चेतावनी दिदै बन्द जारी राख्ने हो भने संविधान नै बन्न अप्ठ्यारो हुने तर्फ सचेत गराईन ।
उनले सरकार असन्तुष्ट पक्षसँग निरन्तर बार्तामा रहेको भन्दै सबैको माग पुरा गरेर संविधान जारी गर्ने दृढता ब्यक्त गरिन । ***
तपाईको प्रतिक्रिया