Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
दाङ– बन्दका क्रममा तीन दिनदेखि सडकमा अलपत्र ४४ गाडीमा सवार ४ हजार बढी यात्रुलाई बुधबार साँझ उद्धार गरिएको छ ।
पूर्वबाट आइरहेका गाडीहरु पूर्व पश्चिम राजमार्ग अन्तर्गत भालुबाङमा दुई दिनदेखि अलपत्र परेका थिए । बन्दकर्ताले गाडी अबरुद्ध गरिदिएपछि सुत्केरी महिला तथा बालबालिकाहरु समस्यामा परेका थिए । प्रहरी, प्रशासनले स्कटिङ गरेर गाडी सञ्चालन गर्दा झडप हुने समस्या देखिएपछि मानवअधिकारकर्मी र पत्रकारको मध्यस्थतामा दिनभर भएको छलफलपछि गाडी छाडिएको हो ।
बन्दकर्ताहरु मानवअधिकारकर्मी र पत्रकारको अगुवाइमा गाडीलाई गन्तव्यमा पु¥याउन सहमत भएका हुन् । संघियता पक्षधर संयुक्त संघर्ष समितिका तर्फबाट शनिराम चौधरी, सुरेशकुमार चौधरी र अशोककुमार यादव तथा मानवअधिकारकर्मी एवं पत्रकारका तर्फबाट केएल पिडित, विकिरण गौतम, विनोद केसी, बलिभद्र राना, दुर्गालाल केसी, शालिकराम मुसाफिर, रोशनमान श्रेष्ठ, सुदिप गौतम, गजेन्द्र बोहोरा र जेएन सागरले संयुक्त हस्ताक्षर गरेपछि सहमति भएको हो ।गाडीहरु सञ्चालन भएपछि तीन दिनदेखि बेखर्ची भएका यात्रुहरु निकै खुशी भएका थिए । सहजरुपमा गाडी सञ्चालनका लागि प्रहरी पनि सम्यमता अपनाएर काम गरेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे र जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐर पनि अलपत्र यात्रुको उद्धारका लागि सक्रिय भएका थिए ।
तपाईको प्रतिक्रिया