Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दाङ   –   नेपालमा रहेको गिद्धहरुको संख्या यकिन गर्न देशभर गिद्धको संख्या गणना गर्ने कार्य थालिएको छ ।पंक्षि संरक्षण संघबाट संरक्षणविद्हरुको एक टोलीले गिद्धको वार्षिक राजमार्ग ट्रान्स्जेक्ट सर्भे गरिरहेको छ । यस टोलीले तराईको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टाबाट शुरु गरेर कञ्चनपुर जिल्लाको गड्डाचौकी सम्म १ हजार २८ किलोमिटरको लामो राजमार्ग सर्भे गर्नेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेपाल, नेपाल पंक्षि संरक्षण संघ र आरएसपिवि, यूकेको सहयोगमा यो सर्भे गरिएको हो ।

सन् २००२ मा करिव २ सय ५ वटा गिद्धहरु भेटिए पनि सन् २०११ मा घटेर ६८ वटाको संख्यामा झरेको संरक्षणविद्हरुको भनाई रहेको छ । संरक्षणविदले पश्चिम नेपालमा २००९ देखि डंगर गिद्धको जनसंख्या घटवढ नभएको ठोकुवा गरिरहेका छन । भर्खरै निस्किएको प्रकाशनमा गिद्धको जनसंख्या ह्रासदर पहिलाको साल भन्दा कम नेपालमा भएको देखाएको छ ।

प्राय:यो सर्भे अंग्रेजी महिना मे बाट प्रारम्भ गरिन्छ । यस कार्यको लागि प्रयोग गरिने गाडी २० किलोमिटर प्रतिघण्टाको गतिमा चलाईन्छ । यस सर्भेले राजमार्गको दुवैतिर एक हजार मिटरको दुरी सम्म देखिएका गिद्धहरुको पहिचान गरी रेकर्ड राख्दछ । यस सर्भेले पूर्वपश्चिम राजमार्गमा पर्ने केही उत्तरी पहाडी क्षेत्रमा अवस्थित जिल्लाहरु रोल्पा, प्यूठान, अर्घाखांची, डोटी, डडेलधूरा, अछाम, बाजुरा पनि कभर गर्ने योजना यस टोलीको रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ मा “गिद्ध संरक्षण कार्य योजना” लागु गरे लगतै, नेपाल पंक्षि संरक्षण संघले समुदायमा आधारित भएर पश्चिम नेपालमा त्यस कार्य योजनालाई लागु गर्न मद्धत गरेको जानकारी नेपाल पंक्षि संरक्षण संघका प्रमूख कार्यकारी अधिकृत डा. हुम गुरुङले गराउनुभयो । स्थानिय समुदायद्वारा शुरुवात गरिएको गिद्ध सुरक्षित क्षेत्रले अहिले नेपालका १८ वटा जिल्लाहरु समेटी ३२ हजार ६ सय ५७ वर्ग किलोमिटर ओगटेको छ । यो गिद्ध सुरक्षित क्षेत्र चितवन देखि कञ्चनपुर र केही पहाडी जिल्लाहरु सम्म फैलिएको छ । यो आठौं गणना हो । ***

तपाईको प्रतिक्रिया