Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – सिरहा जिल्लाको सुव्वा औरही गाविसमा यही जेष्ठ २ गते भिषण आगलागी भई ठूलो धनमालको नोक्सानी हुनुको साथै केही मानिसहरु घाइते समेत भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ दुःखित भएको जनाएको छ ।

यस प्रकारको प्राकृतिक विपत्तिबाट घाइते भएका स्थानीय वासिन्दाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्नि पीडितहरुको सहयोगार्थ महासंघले आफ्नो सदस्य नेपाल तयारी पोसाक उद्योग संघबाट प्राप्त ३ लाख बराबरको लत्ता कपडा समेत गरी जम्मा ८ लाख मुल्य वरावरको राहत सामग्री लाहान उद्योग वाणिज्य संघ मार्फ पीडित परिवारमा वितरणका लागि त्यसतर्फ पठाइसकेको एक बिज्ञप्तीमार्फत जनाएको छ ।

साथै अग्नि पीडितहरुको सहयोगार्थ महासंघले आफ्ना सवै सदस्य संघहरु, उद्योग प्रतिष्ठानहरुसहित उद्यमी व्यवसायीहरुलाई समेत सक्दो सहयोग गर्न अपिल गरेको छ भने नेपाल सरकारका तर्फबाट समेत उचित सहयोग गर्न आग्रह गरेको छ । ***

तपाईको प्रतिक्रिया