Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

मे २१ सम्म ज्ञापनपत्रमार्फ़त ध्यानाकर्षण गराउन सबै एनसीसीहरुलाई निर्देशन

टोकियो – गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (NRNA ICC) ले संबिधानका मुल बिषयहरुमा प्रमुख राजनैतिक दलहरुबीच मंगलबार भएको सहमतिले तोकिएको समयमै संबिधान निर्माण हुने वातावरण बनेकोमा प्रसन्नता ब्यक्त गर्दै नेपाली नागरिकताको निरन्तरताका लागि संबिधानमा ब्यवस्था गर्न पुन: एकचोटी जिम्मेवार राजनीतिक दलका शिर्षस्थ नेताहरुको ध्यानाकर्षण गराएको छ ।

संबिधान निर्माणको काम अन्तिम चरणमा पुगिरहेको सन्दर्भमा एनआरएनले आफ़्नो मागप्रति नेताहरुको पुनः ध्यानाकर्षण गराएको हो । एनआरएन आईसीसीका अध्यक्ष जीवा लामिछानेले एक बिज्ञप्तीमार्फत संबिधानमा गैर आवासीय नेपालीहरुको माग सम्बोधन गरियोस् भन्नेतर्फ ध्यानाकर्षण गराउँदै सबै एनसीसीहरुलाई सम्बन्धित देशको दूतावास वा कूटनीतिक नियोगमा ज्ञापनपत्र बुझाएर नेपाल सरकारको ध्यानाकर्षण गराउन निर्देशन जारी गरेका छन् ।

 एनआरएन आइसीसीद्वारा प्रेषित बिज्ञप्तीको पूर्णपाठ यसप्रकार छ :-
प्रमुख राजनैतिक दलहरु विच मंगलबार भएको सहमतिले जेष्ठ १०४ गते भित्र नेपालको संविधान जारी हुने वातावरण सृजना भएकोमा गैरआवासीय नेपाली संघ उत्साहित भएकोछ। सम्वृद्द नेपालको निर्माणमा देशबाहिर रहेका नेपालीहरुलाई सहभागी गराउन संघले उठाउदै आएका ‘नेपाली नागरिकताको निरन्तरता’ लगायतका विषयहरु नयाँ संविधानमा सुनिश्चित हुनेमा हामी विश्वश्त छौं। विदेशको नागरिकता लिदा नेपालको नागरिकता स्वत: रद्द हुने व्यवस्था खारेज गरी ‘एक पटकको नेपाली संधैको नेपाली’ हुन पाउने हाम्रो चाहना पुरा गर्ने प्रतिवद्दता राजनैतिक दलका शीर्ष नेताहरु, राष्ट्रपति, प्रधानमन्त्री, सभासद लगायत सबै पक्षबाट पटक पटक हुंदै आएको स्मरण गराउन चाहान्छु ।

संघ स्थापनाको शुरु देखि आजसम्म देशभित्र र बाहिर भएका विभिन्न अन्तर्कृया, सम्मेलन तथा औपचारिक र अनौपचारिक कार्यक्रमहरुमा शीर्ष नेताज्यूहरु तथा सभासदहरुलाई आमन्त्रित गरी लगातार यस बिषयमा छलफल हुदै आएको छ र नागरिकताको निरन्तरता नेपालको हितमा रहेको आमधारणा बनेको छ। तर यसलाई नयाँ संविधानमा लिपिवद्द गर्न भने बाकिँ नै छ। यसका लागि संघको शीर्षस्थ नेतृत्व र नागरिकता निरन्तरता कार्यदलका सदस्यहरु राजनैतिक दलका नेताहरु, सभासदहरु र संवन्धित पक्षसँग दिनहुँ जस्तो सम्पर्कमा रहनुभएको छ र संविधान बन्ने अन्तिम घडि सम्म यो प्रयास जारि रहने छ।

कानूनविदहरुसँगको परामर्शमा नागरिकता निरन्तरतालाई प्राविधीकरुपमा नयाँ संविधानमा समावेश गर्न मिल्ने गरी तयार पारिएको संघको अवधारणापत्र सम्वन्धित पक्षमा पुरयाई सकिएको छ। संघमा आवद्ध सदस्यहरु, विदेशमा रहेका राजनैतिक संघका भातृ संगठनहरु, गैरआवासीय नेपालीहरुका स्वदेशमा रहेका आफन्त तथा शुभचिन्तकहरु तथा समस्त नागरिक समाजले पनि आ-आफ्नो तर्फबाट नागरिकता निरन्तरताको लागि पहल गर्न गैरआवासीय नेपाली संघको तर्फबाट अनुरोध गर्दछु ।

यसै सन्दर्भमा, यही मे २१  तारिखका दिन सम्म संघका सबै राष्ट्रिय समन्वय परिषदहरुले संबन्धित नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत एक ज्ञापनपत्र बुझाई यस विषयमा नेपाल सरकारको पुन: ध्यानाकर्षण गराउनु हुन समेत अनुरोध गर्दछु।

जीवा लामिछाने
अध्यक्ष, गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद
मिति: १६ मे २०१२ ***

 

 

 

तपाईको प्रतिक्रिया