Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपालका जेलमा विभिन्न आरोपमा कैद जीवन बिताइरहेका कैदी एवं बन्दीका आफन्तले जेठ १४ गते संविधान जारी गरेसँगै सबै कैदी तथा बन्दीलाई आममाफी दिएर जेल खाली गर्न माग गरेका छन्।

आममाफीका लागि कैदी तथा बन्दी पीडित संघ गठन गरेर दबाबमूलक कार्यक्रम गरिरहेको सो संस्थाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग राखेको हो। आधाभन्दा बढी कैदी तथा बन्दी निर्दोष भएर पनि सजाय पाइरहेको तर राजनीतिक पहुँचावालाहरु भने जघन्य अपराध गर्दा पनि सहजै छुट्ने गरेको आरोप लगाउँदै उनीहरुले जेठ १४ मा नयाँ संविधान जारी गरेपछि सबै कैदी र बन्दीलाई आममाफी दिएर जेल खाली गर्न माग गरेको हो।

पत्रकार सम्मेलनमा संघकी संयोजक सुरक्षा थापाले राजनीतिक दलका कार्यकर्ता र पहुचँवालाहरु जघन्य अपराध गर्दासमेत सजिलै उन्मुक्ति पाउने गरेको भन्दै संविधान जारी भए मुलुक नयाँ युगमा प्रवेश गर्ने भएकाले सो अवसरमा सबै कैदी र बन्दीलाई आममाफी दिनुपर्ने धारणा राखिन्। ***

तपाईको प्रतिक्रिया