Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- काठमाडौं महानगर पालिकाको प्रमुख रहँदा केशव स्थापितले नै वाग्मती र यसका सहायक नदी किनारमा गैरकानुनी रूपमा बीस वर्षका लागि सुकुम्बासी बस्ती राखेको खुलेको छ ।
स्थापितले लुमन्ती नामको गैरसरकारी संस्थाले आवास सहयोग गर्ने गरी नेपाल बसोबास बस्ती संरक्षण समाज र नेपाल महिला एकता समाजसित यस्तो सम्झौता गरेका हुन् । स्थापित काठमाडौं उपत्यका प्राधिकरणका आयुक्त नियुक्त भएका छन् ।
सम्झौतामा महानगरका तर्फबाट स्थापित र लुमन्तीकी निर्देशक लजना मानान्धरले हस्ताक्षर गरेका छन् । लुमन्ती अन्तर्गत रहेर काम गर्ने गरी नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष हुकमबहादुर लामा र नेपाल महिला एकता समाजकी अध्यक्ष सुनीता लामाले पनि हस्ताक्षर गरेका छन् । आयुक्त नियुक्त स्थापित यसबारे अहिले कुनै प्रतिक्रिया दिन मान्दैनन् । ‘पछाडि फ़र्नेने काम नगरौं, खालि नकारात्मक कुरामात्र भयो,’ उनले भने ।
स्थापित मेयर रहेका बेला महानगरमा कार्यकारी रहेका सूर्यप्रसाद सिलवालले महानगर अन्तर्गत नै गठन भएको सहरी योजना आयोग शाखाले लुमन्ती लगायतका महानगरका साझेदार गैरसरकारी संस्थाको संयोजन गर्ने काम गथ्र्यो । सम्झौतापत्रमा ‘समिति’ बनाउने भने पनि त्यसको प्रकृति स्पष्ट छैन । ‘काम गर्दा हामीलाई जानकारी हुँदैनथ्यो, मलाई चासो पनि थिएन,’ उनले भने ।
महानगर स्रोतका अनुसार स्थापितले नदी किनारमा सुकुम्बासी राख्न लुमन्तीसित सम्झौता गरेका हुन् । ‘नदी किनार लगायत काठमाडौं क्षेत्र सुन्दर र हराभरा बनाउनुपर्ने महानगरका निर्वाचित प्रमुखले नै नदी किनारमा बस्ती राख्ने गैरकानुनी सम्झौता गरे,’ स्रोतले भन्यो । सम्झौतापत्रमा ‘सुकुम्बासी तथा अव्यवस्थित बस्तीलाई महानगरको वडा नं १३, १५ र १९ मा नदी किनार दायाँ-बायाँ रहेको अव्यवस्थित बस्तीलाई यथास्थानमा स्थायी घरबासको व्यवस्था महानगरले गर्ने’ भन्ने उल्लेख छ ।
महानगरले वर्तमान वा भविष्यमा गरिने योजनाका लागि अव्यवस्थित बस्ती प्रभावित हुने अवस्था सृजना भए चारै पक्षको सहमतिमा मात्रै बस्ती उठाउनुपर्ने सहमति गरेको छ । बलजफ्ती हटाउन, सार्न, भत्काउन, नपाउने कुरा सम्झौतामा छ । लुमन्तीकी निर्देशक लजना मानन्धरले महानगरले आफ्नो सहमतिविपरीत सुकुम्बासी बस्तीमा डोजर लगाएको बताइन् ।
वाग्मती विकास समितिकै अगुवाइमा थापाथलीस्थित यूएन पार्क अतिक्रमण गरेर बसेका सुकुम्वासी बस्ती एक साताअघि सुरक्षाकर्मी लगाएर हटाएको थियो । अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले नदी किनारको सुकुम्बासी बस्ती राखेर महानगरले समस्या निम्त्याएको बताए । अन्य ठाउँको सुकुम्बासी बस्ती हटाउनका लागि पन्ध्रदिने सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ***
तपाईको प्रतिक्रिया