Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दाङ, । सदियौदेखि थिचोमिचोमा परेका उत्पीडित पछाडि पारिएका जातिहरुलाई अधिकार दिँदैमा जातिय सद्भाव खल्बलिन्छ भन्ने कुरा गलत भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । लौव अग्रासन थारु राष्ट्रिय साप्ताहिकले मंगलवार दाङको घोराहीमा आयोजना गरेको ‘राज्यको पुनः संरचना र जातीय सवाल’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले त्यस्तो बताएका हुन् ।

सदियौदेखि थिचोमिचोमा परेका अधिकारबाट बञ्चित गराईएका जातिलाई अधिकार दिँदैमा जातिय सद्भाव खल्बलिन्छ भन्ने कुरा गलत भएको बक्ताहरुको भनाई रहेको थियो । कार्यक्रममा राज्यको पुनः संरचना र जातीय सवाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै थारु बुद्धिजिवी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति दाङका निवर्तमान अध्यक्ष सोगतविर चौधरीले नेपालका आदिवासी जनजाति समुदायहरु पुर्खाले आर्जेको ऐतिहासिक भूमि, राजनीति, सामाजिक तथा साँस्कृतिक अधिकारबाट अहिलेसम्म बञ्चितिकरणमा परेका भन्दै आदिवासी जनजातिहरुले अहिले आएर आफ्नो अधिकारको माग गरिहेको बताउनुभयो ।

राजनीतिक नेतृत्वसंगै सिंगो राज्यको प्रशासनिक र शैक्षिक अंगहरुबाट आदिवासी जनजातिहरु पाखा लगाईएको भन्दै संघिय राज्यको पुनःसंरचना ऐतिहासिक पहिचान र आत्मनिर्णयको अधिकार सहितको हुनुपर्ने बताउनुभयो । प्रदेश, राज्य र संघ बनाउँदा नेपालका १ सय १ भन्दा बढी जातजातिको सहअस्तित्व र सहभागितालाई विर्सन नहुँने बताउँदै उहाँले मुलुकमा बोलिने र मानिने सबै भाषा संस्कृति र धर्मलाई राज्यको समान कामकाजको अधिकार र मान्यता दिनुपर्ने बताउनुभयो । उहाँले भाषाको सन्दर्भमा त्रिभाषिक नितिलाई अवलम्बन गर्नुपर्ने बताउँदै समाजमा रहेका सबै प्रकारका वर्गिय क्षेत्रिय छुवाछुट एवं लैंगिक विभेद र असमानताको अन्त्य गरिनुपर्ने चौधरीको भनाई रहेको थियो । चौधरीद्धारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै थारु बुद्धिजिवी जर्मन चौधरीले सदियौंदेखि आदिवासी जनजातिहरुलाई थिचोमिचो गरिरहेका पींडकहरुले पनि अहिले हामी पनि पछाडि परेका छौ भनि, आन्दोलन गरी विषयान्तर गर्न खोजेको बताउनुभयो । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै बाम बुद्धिजिवी सर्जन गौतमले नेपालमा बहुजातिय राज्यको जरुरी भएको बताउँदै संघियताको आधार मिश्रित आधारमा हुनुपर्ने बताउनुभयो ।

सामान्तवाद ज्युँदै रहँदा जातिय राज्य बनाएपनि कसैको मुक्ति हुन नसक्ने उहाँको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादुर पुनमगरले जातिय राज्यको बिरोधको नाममा गरिएको बन्द लगायतका कार्यक्रम उग्ररुपमा अगाडि बढेको बताउँदै नागरिकलाई सास्ती नहुनेगरी आन्दोलन गर्न आग्रह गर्नुभयो । बन्दको नाममा नवलपरासीमा रहेको थारु सांस्कृतिक संग्रहालय जलाउने, नेपालका प्रथम सहिद लखन थापा मगरको शालिक फुटाउले लगायतका कार्य भएको भन्दै आगामी दिनमा यस्ताखाले कार्य नगर्न उहाँले आग्रह गर्नुभयो । क्षेत्री समाजका केन्द्रिय उपाध्यक्ष मानबहादुर केसीले जातिय अग्राधिकारले जातिय सद्भाव खल्बल्याउने बताउँदै जातिय राज्य नेपालका लागि उचित नहुने बताउनुभयो । ब्राहृमण समाज दाङका अध्यक्ष नवराज सुवेदीले जातिय राज्य हुन नहुने बताउनुभयो । सो अवसरमा एकिकृत नेकपा माओवादी दाङका सहईञ्चार्ज सुवास पुन, नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, नेकपा एमाले दाङका प्रचारविभाग प्रमुख मेटमणी चौधरी, थारु बुद्धिजिविर् इञ्जिनियर रामलगन चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पिडित, महासंघका पूर्व अध्यक्ष शुसिल गौतम, थारु राष्ट्रिय मुक्ति मोर्चा दाङका अध्यक्ष रामबहादुर दहीत, दशनामी समाज दाङका अध्यक्ष भोलानाथ योगी, दर्शन कल्याण समाजका अध्यक्ष प्रेम शाह, थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहित, श्रीमन न्यौपाने, विश्व आचार्य लगायतले बोल्नुभएको थियो । लौव अग्रासन थारु राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक केबि चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण माधव चौधरीले गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया