Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- नयाँ संविधानका सवै विवादित विषयमा आज मंगलबार सहमति भएको छ ।  बिहान ९ बजेदेखि प्रधानमन्त्री निवासमा बसेको ४ दलको बैठकले संविधानका सबै विवादित विषयमा सहमति गरेको हो। सहमति अनुसार आयोग बनाई नामको पछि टूंगो लगाउने गरी ११ प्रदेशमा राज्य पुनर्संरचना गरी देशलाई संघीय स्वरुप दिइने भएको छ।
शासीयक स्वरुपका सम्बन्धमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा दलहरुबीच सहमति भएको छ।  प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको विषयमा सहमति भएको बैठकमा सहभागी एक नेताले बताए। राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार जननिर्वाचित केन्द्रीय संसदले बाँडफाँड गर्ने सहमति भएको छ।
दलहरुबीच भएको सहमतिअनुसार केन्द्रमा ३ सय ७१ सदस्यीय संसद रहनेछ। जसमा जनताबाट प्रत्यक्ष निर्वाचित १ सय ७१ जना, समानुपातिक १ सय ४० र माथिल्लो सदनमा ६० जना रहनेछन्।
दलहरुबीच भएको सहमतिमा मधेसी मोर्चाले असहमति जनाएको छ। असहमति जनाए पनि संविधान लेखन प्रक्रिया अवरुद्ध नगर्ने मोर्चा नेता तथा गृहमन्त्री विजयकुमार गच्छदारले बताए।
संविधानका विषयमा सहमति भएसँगै एमाले पनि सरकारमा सहभागी हुने भएको छ। एमालेका तर्फबाट ईश्वर पोखरेल र राधा ज्ञवाली सरकारमा सहभागी हुने भएका छन्। ***
तपाईको प्रतिक्रिया