Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण सहायता दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठकले अर्थ मन्त्रालयबाट रु ५० करोड, कर्मचारी सञ्चय कोषबाट रु ६० करोड र नागरिक लगानी कोषबाट रु १ अर्बसमेत गरी रु २ अर्ब १० करोड नेपाल आयल निगमलाई ऋण दिने निर्णय गरेको मन्त्री वर्षमान पुनले बताए।
यसैगरी गत फागुन ५ गते काठमाडौँको बबरमहलमा भएको बम विस्फोटनमा परी निधन भएका कृष्णबहाहर तामाङ, वीरबहादुर तामाङ र मानबहादुर तामाङका आश्रित परिवारलाई प्रतिपरिवार रु आठ लाख ५० हजार आर्थिक सहायता उपलब्ध गराउने बैठकले निर्णय गरेको उनले बताए।
सरकारले नेपाल बार एसोसिएसनलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिआर) बाट उपलब्ध हुने ल्याण्डक्रुजर गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क छुट दिने निर्णय गरेको छ।
यसैगरी, बैंककमा हुने एसिया प्यासिफिक क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक र सामाजिक आयोग (स्क्याप) को बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीलाई पठाउने निर्णय भएको जानकारी मन्त्री पुनले दिए।
आजको बैठकका लागि तय भएका अन्य महत्वपूर्ण प्रस्तावलाई अर्को बैठकमा सारिएको जानकारी पनि उनले दिए।
तपाईको प्रतिक्रिया