Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेठ १४ अघि नै राजीनामा दिने संकेत गरेका छन् ।
पाँच बुँदे सहमतिमा जेठ १४ अघि नै राजीनामा दिई कांग्रेस नेतृत्वमा सहमतिको सरकार बनाउने उल्लेख छ । उनले संविधान जारी हुनुभन्दाअघि नै अर्को सरकार गठन हुने स्पष्ट पारे ।
आफूलाई प्रधानमन्त्री पदको कुर्सीमा बसिरहन कुनै लालच नभएको भन्दै उनले संविधान जारी हुनुअघि नै अर्को सरकार गठन हुने स्पष्ट पारेका हुन् । राजधानीमा आयोजित कार्यक्रममपछि उनले सञ्चारकर्मीसित भने, ‘शान्ति र संविधान सुनिश्चित भएको अवस्थामा म सत्ता हस्तान्तरण गर्न तयार छु ।’
बुधबारसम्ममा संविधान निर्माणमा देखिएका विवाद टुंगिने उनले विश्वास व्यक्त गरे । एक अर्को प्रसंगमा प्रधानमन्त्री भट्टराईले संविधानसभाको म्याद एक दिन पनि थप नहुने बताए ।
तपाईको प्रतिक्रिया