Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – उत्तरपश्चिमी चीनमा आइतवार आएको अविरल वर्षा र असिनाका कारण कम्तीमा पनि चालीसको ज्यान गएको समाचार छ ।

बिहानैदेखि सुरु भएको असिना पानीबाट उत्तरपश्चिमी चीनको पहाडी इलाकामा ती नागरिक मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो स्थानमा अरु अठारजना बेपत्ता भएको पनि समाचारमा जनाइएको छ । गोन्सु प्रान्तमा सो प्राकृतिक प्रकोप आएको हो । सो प्रकोपमा परी घाइते भएका ८७ जनालाई अस्पताल पुरयाईएको छ ।

सो अविरल वर्षा र असिनाका कारण उक्त क्षेत्रबाट बीस हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको छ भने सो क्षेत्रका साढे चारलाख नागरिक प्रभावित भएका छन् । ***

तपाईको प्रतिक्रिया