Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जसरी पनि जेठ १४ भित्रै संविधान जारी हुने दावी गरेका छन्। संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधानसभाको म्याद नथपिने बताए।
उनले भने- ‘संविधानसभाको म्याद थपिँदैन। यही जेठ १४ गतेभित्रै संविधान बन्छ।’
अध्यक्ष दाहालले संविधान लेखन प्रक्रिया रोकिएको नभइ विकसित परिस्थितिको गम्भीरतालाई हेरेर दलहरुबीच गम्भीर छलफल गरी नयाँ निकास निकाल्न प्रयास भइरहेको बताए।
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधानसभाको म्याद नथपिने र जेठ १४ गतेभित्रै संविधान जारी हुने बताए।
संविधानसभाबाटै संविधान जारी गर्नुको विकल्प नरहेको बताउँदै उनले त्यसका लागि दलहरुबीच संविधान लेखनका क्रममा देखिएका विवादित विषयहरु सुल्झाउन व्यापक छलफल भइरहेको छ भने।
बैठक औपचारिक विषयवस्तुमा प्रवेश नगरी सकिएको र अर्को बैठक पुनः आजै अपराह्न बस्ने भएको छ। मोर्चासहित तीनदलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री कार्यालयमा हुने र त्यसपछि उपसमितिको औपचारिक बैठक अपराह्न बस्ने तय भएको उपसमितिका सदस्य लक्ष्मणलाल कर्णले बताए। ***
तपाईको प्रतिक्रिया