Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

१५ जनाको मृत्यु, ६ जनाको जिवितै उद्दार
काठमाडौं– पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको अग्नि एयरको विमान सोमबार जोमसोम विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ । जिवितै उद्दार गरिएकामध्ये ६ जनाको उपचारको लागि पोखरा पठाइएको छ ।
जोमसोम विमानस्थलमा टर्निङ गर्नेक्रममा ढिस्कोमा ठोक्किएर विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । चालक दलका सदस्यसहित २१ जना यात्रु सवार दुर्घटनामा जिवितै उद्दार गरिएका १० मध्ये चार जनाको केही समयमै उपचारकोक्रममा मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्मा गौतमले जानकारी दिए ।
अग्नि एयरको नाइन एन एआईजी विमानमा १६ जना भारतीय, दुई विदेशी र तीन चालक दलका सदस्य थिए । भारतीय तिर्थयात्री भने मुक्तिनाथ दर्शन गर्न जोमसोम गएका थिए ।
दुर्घटनामा मृत्यु भएकामध्ये पाइलट प्रभूशरण पाठक र सहायक चालक एसडी महर्जनकोमात्र सनाखत भएको छ । एयरहोस्टेज आर हैंजू पछिल्लो भागमा रहेकाले बाँच्न सफल भएको बताइएको छ ।
तारा र सिम्रिक एयरको विमानबाट घाइतेहरुलाई पोखरा ल्याउँदा ठूलो संख्यामा आफन्त कुरिरहेका थिए । उनीहरुलाई उद्दार गर्न ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका थिए । ***
तपाईको प्रतिक्रिया