Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ – एमाले अध्यक्ष झलनाथ खनालले जोसमा होस नगुमाउन आग्रह गरेका छन् । आइतवार एक बिज्ञप्ति प्रकाशित गरी संविधान निर्माणको अन्तिम् घडीमा मुलुकमा रहेका हरेक नागरिक, जाति, भाषा, धर्म, समुदाय र क्षेत्रलाई जोसमा होस नगुमाउन आग्रह गरेका हुन् ।
‘केही समययता बिशेषतः राज्य पुनःसंरचनाको बहसलाई केन्द्रित गरी देशका कतिपय ठाउँमा जाति–जातिबीच द्वन्द्व चर्काउने प्रयत्न हुन थालेको स्थितिले हामीलाई चिन्तित तुल्याएको छ’ उनले भनेका छन्, ‘अतिवादी प्रस्तुति र साम्प्रदायिक द्वन्द्व चर्काएर मुलुकका कोही कसैको हित हुँदैन र त्यस्ता कसैको भविष्य पनि सुरक्षित हुनेछैन ।’
 प्रेस विज्ञप्ति
 यतिबेला मुलुक शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणको अन्तिम चरणमा रहेको सर्वविदितै छ । यो अत्यन्त गंभीर, संवेदनशील र निर्णायक कालखण्ड हो । इतिहासमा यस्तो अवधि बिरलै मात्र आउने गर्दछ र यस्तै घडीमा सिंगो राष्ट्रले संयम, विवेक र सहमतिका साथ एकढिक्का भएर चाल्ने प्रत्येक महत्वपूर्ण कदमहरू नै राष्ट्रलाई  अग्रगामी र समृद्धिको दिशा दिने आधारशीला हुने तथ्य निर्विवाद छ ।
संसारका दुई उदीयमान शाक्ति राष्ट्रहरूको बीचमा अवस्थित यस मुलुकको राष्ट्रिय हित र एकता दुबैसँगको सन्तुलित सम्बन्धले मात्रै सुनिश्चित गर्नसक्छ । संक्रमणकालमा गुज्रिरहेका बेला हामीहरू असन्तुलित र एकपक्षीयरुपमा चल्न खोजेर राष्ट्रिय हित, एकता र अखण्डताको रक्षा एवं संबद्र्धन हुनसक्दैन । कुनै बाह्य मुलुकको अनुचित प्रभाव र उपनिवेश नभएर यो राष्ट्रले आफूलाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा अबिच्छिन्नरुपमा अघि बढाउँदै आउनुमा सदियौँदेखिको परस्पर मित्रतापूर्ण, सौहार्द्र र सन्तुलित सम्बन्धले नै भूमिका खेल्दै आएको छ ।
बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मिश्रित सामाजिक बनोट मुलुकको परापूर्वकालदेखिको सुन्दरतम पक्ष हो । जुनसुकै जाति र समुदायका नेपालीहरूबीच कायम मित्रता, एकता र सहिष्णुता नै वास्तवमा नेपाली राष्ट्रियताको साझा मनोभावना र आधार हो । विगतमा जनताबीचको यो परस्पर एकतालाई कोही कसैले खलबल्याउन र छिन्नभिन्न पार्न सकेन । सम्पूर्ण जाति, जनजाति र समुदाय एउटै मालामा उनिएर र मिलेर बस्दा नै यो राष्ट्रको सुन्दरता अझ बढी झल्किन्छ र राष्ट्र बलियो हुन्छ । हामीले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेर यो सुन्दरतालाई अझ बढी चहकिलो पारेका छौं । साथै, जातीय, सामाजिक र साँस्कृतिक क्षेत्रमा विद्यमान तमामखाले उत्पीडन र विभेदहरूसमेत अन्त्य गरेर नेपाली समाजलाई वास्तवमै समान, न्यायपूर्ण, मानवीय र वैज्ञानिकरुपमा अघि बढाउन दृढ प्रयत्नका साथ लागि परेका छौं ।
तर केही समययता बिशेषतः राज्य पुनःसंरचनाको बहसलाई केन्द्रित गरी देशका कतिपय ठाउँमा जाति–जातिबीच द्वन्द्व चर्काउने प्रयत्न हुन थालेको स्थितिले हामीलाई चिन्तित तुल्याएको छ । अतिवादी प्रस्तुति र साम्प्रदायिक द्वन्द्व चर्काएर मुलुकका कोही कसैको हित हुँदैन र त्यस्ता कसैको भविष्य पनि सुरक्षित हुनेछैन । हरेकले आफ्ना न्यायिक र जायज मागहरू उठाउनु लोकतान्त्रिक अधिकार हो । शान्तिपूर्ण, संयमित र सहिष्णुतापूर्वक उठाइएका मागहरूमा संवाद र सघन छलफल गरी सहमतिका साथ अघि बढ्न मुलुक हरदम तयार हुनैपर्छ । तब मात्रै हामीले  शान्तिपूर्ण जनक्रान्तिको म्यान्डेटबमोजिम राष्ट्रलाई एकताबद्ध गरेर प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न सफल हुनेछौं ।
संविधान निर्माणको यस अन्तिम घडीमा मुलुकका हरेक नागरिक, जाति, भाषा, धर्म, समुदाय र क्षेत्रले जोसमा होस गुमाउनु हुँदैन । यस संवेदनशील परिप्रेक्ष्यमा आपसी सद्भाव, सहिष्णुता एवम् विवेकका साथ अघि बढ्नु नै हरेकको राष्ट्रिय कर्तव्य हो । हाम्रो पार्टी राष्ट्रको अमूल्य पुँजीका रुपमा रहेको राष्ट्रिय हित, एकता, सद्भाव, सहअस्तित्व र अखण्डता सुनिश्चित भएको नयाँ समाज निर्माण गर्ने प्रक्रियामा कोही कसैबाट क्षेत्रीयतावादी, अराजकतावादी र जातिवादी भूमिका निर्वाह नहोस् भन्ने चाहन्छ । साथै, विचार–विमर्शको यस महान् प्रक्रियामा संलग्न भइरहेका बखत बन्द, हड्ताल, हिंसात्मक प्रदर्शन र बलप्रयोगहरु नगर्न पनि जोड दिन चाहन्छ । म मुलुकको सहिष्णुता, सामञ्जस्यता र एकतामा खलल पुर्‍याउने काम कसैबाट पनि नहोस् भनी सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोध र अपिल गर्न समेत चाहन्छु ।
झलनाथ खनाल
अध्यक्ष
३१ वैशाख २०६९
तपाईको प्रतिक्रिया