Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
पोखरा- सेती नदीको बाढीबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बाढीले बगाएर बेपत्ता भएकामध्ये थप तीन शवको सनाखत भएको हो। प्रहरीका अनुसार बाढीले अझै ४० जना बेपत्ता बनाएको छ।
पर्वतको लेखाफाँट-७ का ५९ वर्षीय कुमबहादुर पुनको दायाँ खुट्टाका आधारमा आफन्तले शनिबार शवका टुक्रा सनाखत गरि बुझेका छन्।
यस्तै पोखरा-१ सिम्पानीका २८ वर्षीय अर्जुन भन्ने जंगु मगरको शव सनाखत भएको प्रहरीले जनाएको छ। यसैगरी तनहुँको ढोरफिर्दी-३ का ४९ वर्षीय मानध्वज तामाङको दायाँ तिघ्राबाट आफन्तले शव बुझेर लगेका छन्।
जिल्ला प्रहरीका प्रवक्त रवीन्द्र पौडेलकाअनुसार मृतकमध्ये हालसम्म २५ शवको मात्र सनाखत भएको छ। सनाखत हुन बाँकी ६ वटा शव (३ पुरुष, १ महिला, १ टाउको,  १ ढाडको अंग) र पहिचान नखुलेका अन्य ७ अंग पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छन्।
तपाईको प्रतिक्रिया