Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं–नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले संविधानसभाको म्याद थप्न नसकिने सर्वोच्च अदालतको फैसला प्रति गंभिर असहमति ब्यक्त गर्दै संविधान जारी नभए सम्म संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गरे ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै भने– अहिले तत्काल संविधानसभाको म्याद थप तिर भन्दा पनि अधिकतम काम गरेर संविधान जारी गर्न तर्फ लाग्नु पर्ने भन्दै कुरा नमिलेका विषयलाई पछि संविधान संसोधन गरेर अगाडि बढ्न सकिने दावी गरे ।
शासकीय स्वरुप र संघीयताको विषयलाई मतदानबाट टुङग्याउने प्रयास गरिए त्यो मुलुककोलागी दुर्भाग्य हुने भन्दै त्यस्तो अवस्थामा संविधान पनि बन्न नसक्ने ठोकुवा गरे । उनले भने– शासकीय स्वरुप र राज्यको पुर्नसंरचना सहमतिबाट टुङग्याउनु पर्छ । अहिले बहुमतबाट गए विभिन्न पार्टीका सभासद चोरेर संविधानको ड्राफ्ट त आउला तर संविधान आउन सक्दैन ।
मिश्रीत आधारमा प्रदेशको निर्माण गर्न नसके मुलुक जातीय द्धन्द्धमा फस्ने चेतावनी दिदै ज्ञावलीले एकल जातीय पहिचान सहितको राज्य एमालेलाई स्विकार्य हुनै नसक्ने स्पष्ट पारे । उनले भने–न्यूट्रल नाम दिए ११ प्रदेश बनाउन सकिन्छ । बहुपहिचानलाई स्विकारे सहमति बन्छ ।
बैशाख २१ गते पछिको प्रधानमन्त्री सबैको साझा प्रधानमन्त्री भएको भन्दै ज्ञावलीले अहिले एमालेको प्राथमिकता सरकार भन्दा पनि संविधान रहेको बताए । उनले भने– हाम्रो ध्यान अहिले सरकारमा होईन संविधानमा केन्द्रीत छ । संविधान निर्माणपछि हामी सरकारमा जान्छौ ।
तपाईको प्रतिक्रिया