Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दल जातीय पहिचानसहितको संघीयताबाट पछाडि नहटेको दाबी गरेका छन् ।
आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँग आइतबार बिहान आफ्नै निवासमा भएको भेटमा दाहालले आफूहरु जातीय पहिचानसहितको संघीयताबाट पछि हटेको भन्ने आरोप गलत प्रचारमात्र भएको बताए ।
भेटमा दाहालले संघीयताविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै एकात्मक सोच भएकाहरुले जात जातिबीच भीडन्त गराएर समग्र प्रक्रिया भाँड्न खोजेको आरोप लगाए । ‘जात जातिलाई एक आपसमा भीडाएर पुरानै शासन प्रणाली लाद्ने षड्यन्त्र भइरहेको छ,’ उनले भने ।
संघीयताविरोधी शक्तिहरुको जीत हुनेमा आशंका व्यक्त गर्दै दाहालले सामाजिक सद्भाव रहनेगरी शान्तिपूर्ण दबाब दिन जनजाति महासंघ पदाधिकारीहरुलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया