Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
ललितपुर – एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्यले ‘जनसंविधान’ बन्न नसक्ने जिकिर गरेका छन्। जनसंविधानका लागि आफूहरूले दबाब स्वरूप आन्दोलन जारी राख्ने वैद्यले बताए।
वैद्य विचार समूहको अघोषित पार्टी सम्पर्क कार्यालय कुपण्डोलमा ऋषिराज बरालको ‘नेपाली जनयुद्ध’ नामक पुस्तक सार्वजनिक कार्यक्रमम उनले भने, ‘सेना समायोजनमा जस्तै षड्यन्त्र नहोस्, जनसंविधान निर्माण प्रक्रिया अघि बढोस् भनेर जोड जारी रहनेछ।’
उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्व सरकारले माओवादी भन्नसमेत सरम लाग्ने स्थिति पैदा भएको उनले बताए। बागमती किनारका सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी डोजर लगाएर पञ्चायत व्यवस्थाभन्दा तल झरेर भट्टराई सरकारले काम गरेको उनले बताए।
सरकारबाट भट्टराई र पार्टीभित्रबाट अध्यक्ष दाहालले फासीवादी शैली अपनाएको आरोप वैद्यले लगाए। सरकारले आन्दोलनमा उत्रेका समूहमध्ये एक पक्षलाई कुटपिट गर्ने र अर्को पक्षलाई केही नगरेको उदाहारणसमेत दिए।
११ प्रदेशको सहमतिबारे माओवादी स्थायी समितिले निर्णय गरेको भन्नु झुठो भएको उनले बताए। ‘स्थायी समितिमा हामीलाई पनि बोलाइएको थियो। तर, हामी पुग्दा ११ राज्य भनेर निर्णय गरिसकेका थिए। जुन ११ राज्य भनिएको छ त्यो पार्टीको आधिकारिक निर्णय होइन,’ उनले भने।
सचिव सिपी गजुरेलले ‘कतैबाट आएको संविधानलाई पारित गर्ने षड्यन्त्र भएको बताए। सरकारले नै जाति-जातिबीच लडाएर जेठ १४ गते संकटकाल लगाएर संविधान घोषणा गर्ने षड्यन्त्र गरेको पनि उनले बताए।
चार नेता बसेर अन्य सभासद्लाई कामविहीन बनाएर अघि बढेको उनको भनाइ थियो। ‘चारजना नेताले कसैको षड्यन्त्रका संविधान बनाउँदैछन्। सभासद्हरु कामबिहिन छन्। जेठ १४ गते संकटकाल लगाएर संविधान घोषणा गर्ने षड्यन्त्र भइरहेको छ,’ गजुरेलले भने। ***
तपाईको प्रतिक्रिया