Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

वार्ता बिना निश्कर्ष

काठमाडौं – बिगत १६ दिनदेखि जारी अखण्ड सुदूरपश्चिम आन्दोलनप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।

सुदूरपश्चिमका माओवादी सभासदलाई शनिबार आफ्नै निवास लाजिम्पाटमा बोलाएर दाहालले संघको नामांकन, सिमांकन लगायतका विषयमा अन्य दलसँग बहस र छलफल भइरहेको बेला अखण्ड सुदूरपश्चिमको माग नउठाउन सुझाव दिए । माओवादी सभासद् शरदसिंह भण्डारीले पार्टीको लाइन अखण्ड सुदूरपश्चिम नभएको भन्दै त्यसबारे अन्य दलका प्रतिनिधिसँग छलफल बहस चलाउनसमेत निर्देशन दिएको बताए ।

‘अध्यक्ष कमरेडको पहिचानसहितको संघीयता दिनुपर्ने धारणा मैलै पाए, अब त्यही अनुसार छलफल र बहस हामी चलाउँछौं,’ उनले भने । भेटमा अखण्ड सुदूपश्चिम आन्दोलनमा सहयोग गर्दै आएका पूर्वमन्त्री लेखराज भट्ट पनि सहभागी थिए ।

अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन समितिले माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने स्पष्ट पारेको छ । शान्ति मन्त्रालयमा शनिबार सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कृष्ण सिटौलाले आन्दोलनका सबै कार्यक्रम रोकेर निकास निकाल्न गरेको आग्रहमा आन्दोलनकारीले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

आन्दोलनकारीका तर्फबाट कांग्रेस कञ्चनपुरका सभापति बहादुरसिंह थापाले सरकारी वार्ता टोलीले आफूहरूको माग सम्बोधन गर्ने भन्दा पनि अनौपचारिक कुरा मात्रै गरेकाले वार्ता निष्कर्षमा पुग्न नसकेको जानकारी दिए । ‘उहाँहरुले आन्दोलन फिर्ता लिनूस् भन्नुभयो,’ उनले भने, ‘हामीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउन भन्यौं ।’

सरकारी वार्ता टोलीले अखण्ड सुदूरपश्चिमका आन्दोलनको मागबारे प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्ने बताएपछि अगाडि बढ्न नसकेको उनले बताए । आन्दोलनकारीले आफ्ना मागबारेको तीन बुँदे ज्ञापन पत्र सरकारी वार्ता टोलीलाई बुझाएका छन् ।

वार्ताका लागि नागरिक आन्दोलन समिति धनगढीका सह–संयोजक हेमन्त रेग्मीसहितको ३६ सदस्यीय वार्ता टोली काठमाडौं आएको छ । उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको सरकारी वार्ता टोलीमा बिना विभागीय मन्त्री वर्षमान पुन र सिँचाइ मन्त्री महेन्द्र यादव सदस्य छन् ।

 

तपाईको प्रतिक्रिया