Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौँ- संविधानका विवादित विषयका प्रश्नावलीलाई अन्तिम टुंगो लगाउन बसेको विवाद समाधान उपसमितिको बैठक साँझ ५ बजे बस्नेगरी स्थगित भएको छ ।
सिंहदरबारस्थित शान्ति मन्त्रालयमा बसेको बैठक पहिले दलहरूबीच छलफल गर्ने भन्दै स्थगित भएको बताइएको छ । शुक्रबार बिहानदेखि नै प्रश्नावली तयारीमा जुटेको संवैधानिक समितिले विवादका कारण समितिबाट प्रश्नावली तयार गर्न समस्या आएको भन्दै यसको जिम्मा उपसमितिलाई दिएको थियो ।
उपसमितिको बैठकमा सहभागी एक नेताका अनुसार राज्य पुनर्संरचनाका विषयमा दलहरू ११ प्रदेशमा सहमतिनजिक पुगेकाले मतदानभन्दा पनि सहमति मै नेताहरूले जोड दिएका कारण उपसमिति बैठक स्थगित भएको हो ।
बैठकमा एक मधेसको माग राख्दै आएको मधेसी मोर्चाले शुक्रबारको बैठकमा असहमति जनाएपछि बैठकको सुरु मै प्रमुख तीन दलले मोर्चालाई सहमतिमा आउन अग्रह गरेका थिए । मोर्चा सहमतिमा आए प्रदेशलाई नै राज्यको नामकरण गर्न दिने विषयमा शनिबार साँझ ५ बजेको बैठकमा सहमति बताइएको छ ।
राज्य पुनर्संरचनामा सहमति भए राज्यको शासकीय स्वरूप मात्र दलहरूबीच छलफलमा जानेछ । कार्यकारी राष्ट्रपतिको अडानबाट माओवादीपछि हटे अधिकार बाँडफाँडका विषयमा सहमति हुनसक्ने बताइएको छ ।
विवादित विषयमा निर्वाचनको प्रक्रियामा जाँदा दलहरूका बीच विवाद बढ्ने र जेठ १४ भित्रमा संविधान जारी गर्न असम्भव हुने भएकोले साँझ बस्ने उपसमितिको बैठकमा शीर्ष नेताहरूले सहमतिलाई नै जोडदिने बताएका छन् ।
तपाईको प्रतिक्रिया