Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- राज्य पुनःसंरचनाको विवादित विषयमा सहमति जुटाउन माओवादी र नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच आज बिहान छलफल भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवासमा भएको सो बैठक भने कुनै निष्कर्षमा पुग्न सकेन ।
बैठकपछि नेपाली काँग्रेसका उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले राज्य पुनःसंरचनाको विषयमा दुवै दलबीच छलफल भएको भन्दै प्रदेशका नाम, सीमाङ्कन र सङ्ख्याका बारेमा सहमतिमा पुग्न नसकिएको बताए ।
“छलफल जारी छ, प्रदेशको नाम, सङ्ख्या र सीमाङ्कनलगायतका विषयमा अझै सहमति जुटेको छैन,” उपसभापति पौडेलले भने ।
 
यसैगरी एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुबीच राज्य पुनःसंरचनाका विषयमा छलफल जारी रहेको जानकारी दिए ।
बैठकमा एनेकपा (माओवादी)का अध्यक्ष दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत सहभागी थिए ।
संविधानसभाको निर्धारित समय जेठ १४ नजिकिँदै गर्दा संविधान लेखनका सन्दर्भमा विवादित विषयहरु राज्य पुनःसंरचना, शासकीय स्वरुपलगायतका विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न सकेको छैन ।
केही दिन यता शासकीय स्वरुपलाई थाँती राखेर दलहरु द्विपक्षीय र बहुपक्षीय रुपमा राज्य पुनः संरचनाको विषयमा सघन वार्तामा सक्रिय रहेपनि सहमतिको स्वरुप अझै निर्माण हुन सकेको छैन ।
प्रमुख दलहरुबीच शुक्रबार भएको वार्तामा  प्रदेशको सङ्ख्यामा सहमति नजिक पुगेको भनिए पनि नामकरणमा अझै विवाद रहेको बताइएको थियो ।
अहिले संविधान लेखनमा पहिचान र सामथ्र्यका आधारमा नामाङ्कन गरी  एक खालको नाम प्रस्ताव गरेपछि सम्बन्धित प्रदेशले नै नामकरण गर्न सक्नेगरी सहमति जुटाउने प्रयास भइरहेको चर्चा चले पनि काँग्रेस र माओवादीबीच आज बिहान भएको वार्तामा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
यसैबीच राज्य पुनःसंरचनाका विषयमा नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ । दुई दलको छलफलपछि एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिका आधारमा राज्य पुनः संरचना गर्न छलफल भएको बताए ।     उहनले औपचारिक र अनौपचारिरुपमा छलफल जारी रहने पनि उल्लेख गरे ।
छलफलमा काँग्रेसका तर्फबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल तथा नेकपा (एमाले)का तर्फबाट अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता थियो ।
यसैबीच, एमालेका अध्यक्ष खनालसँग आज नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालमा भएको भेटमा नेपालको संविधान निर्माण र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अध्यक्ष खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए । रासस
तपाईको प्रतिक्रिया