Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं– नेपाल सदभावना पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री सरिता गिरीले नेपालको नाम फेर्न प्रस्ताव गरेकी छिन् ।
उनको दलले संविधान सभाबाट बन्ने संविधानको नाम संघीय गणतन्त्र सगरमाथाको संविधान २०६९ र अंग्रेजीमा (Constitution of Federal Republic of Sagarmatha) रहने छ भनी नेपाल सद्भावना पार्टी (आ.) को तर्फबाट संवैधानिक समितिमा प्रस्ताव गरेको छ ।
‘नयाँ संविधान मार्फत मुलुक नयाँ यूगमा प्रवेश गर्ने वेलामा मुलुक र संविधानको नाम यस्तो हुनुपर्‍यो जसलाई सबैले भेदभाव विना र शासक, शासितको सम्बन्धभन्दा माथि उठी स्वीकार गर्न सक्छन भन्ने उद्देश्यका साथ गरिएको हो | सगरमाथा नामको चयन यस कारणले गरिएको हो किन भने अनादिकाल देखि यस भु–भागको परिचय सगरमाथा या ने कि हिमाल विश्वको सबभन्दा अग्लो स्थानले गौरव पाउदै आएको हो,’  गिरीले भनेकी छिन् ।
भूगोल र साँस्कृतिक दृष्टिकोणले पनि सगरमाथा कुनै संस्कृति वा जाति विशेषको पहिचानमा मात्र आधारित नभएको बताउँदै उनले विश्वको सबभन्दा अग्लो भु–खण्डको परिचय दिने यस नामको पर्वत, श्रृङखला, मधेश, पहाड र हिमाल तीन वटै क्षेत्रमा रहेको र भौगोलिक र पर्यावरणको दृष्टिकोणले पनि सगरमाथा नाम नै विश्वमा पनि नेपालको परिचयका लागि सर्वाधिक महत्वपूर्ण नाम हुने बताएकी छिन् । जातीय, भाषिक र सांस्कृतिक विविधताले भरिएको यस मुलुकमा समानता र परस्पर सदभावका लागि निर्विवाद नामको नेपालमा पनि प्रचलनमा रहेको अञ्चलको रुपमा सगरमाथाको नाम हरेक दृष्टिकोणले उपयुक्त रहेको उनको ठहर छ ।
‘आज नेपालमा जातिय पहिचानको नाममा प्रदेशहरुको गठन र नामाकरणको माग आइरहेको मुख्य कारण समग्र जनता नेपाल र नेपाली शब्दमा आफ्नो परिचय समाहित नभएको अनुभूति नरहेको कारण रहेको भन्ने बारेमा दुविधामा नरहनु नै सबैको लागि श्रेष्ठकर हुने छ,’ गिरीको भनाइ छ । ***
तपाईको प्रतिक्रिया