Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- पार्टी नीतिविपरीत जनजाति सभासद्हरु जातीय राज्यको पक्षमा उभिएपछि एमालेमा रडाको मच्चिएको छ ।
अध्यक्ष झलनाथ खनालसहित शीर्ष नेताहरु गैरजातीय राज्यको पक्षमा लविङ गरिरहेकाबेला पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, पासाङ शेर्पा लगायतका सभासदले जातीय राज्यको पक्षमा माओवादी, मधेसीसँगै मोर्चाबन्दी गरेपछि रडाको मच्चिएको हो ।
एमाले नेतृत्वले जातीय पहिचानका पक्षमा माओवादी-मधेसीसँग चारबुँदे सहमति गर्ने आफ्ना सभासद्हरूलाई पार्टीको ह्विप लाग्ने सम्झाउँदै प्रदेशहरूका नाम गैरजातीय हुनुपर्ने सर्त राखेको छ । एक वार्ताकारका अनुसार, एमालेले सबैलाई मान्य हुने साझा नाम राखेर जानुपर्ने प्रस्ताव राखेको थियो।
एकीकृत माओवादीसँग शुक्रबार भएको वार्तामा एमालेका नेताहरूले प्रदेशहरूको नाम जातीय राखे समाजमा ध्रुवीकरण बढ्ने चिन्ता दर्शाउँदै प्रदेशहरूलाई गैरजातीय नाम राख्न सुझाव दिनुपर्ने अडान राखे।
जातीय नामसहितको विकल्प दिँदा समुदाय झनै विभाजित हुनसक्ने र भावी दिनमा द्वन्द्व बढ्नसक्ने उनीहरूले चिन्ता जनाए।
माओवादीसँगको वार्ताबारे पार्टी स्थायी कमिटी सदस्यहरूबीच एमालेको छलफल भएको थियो। त्यसअघि बिहान अध्यक्ष झलनाथ खनालले जनजाति सभासद्हरूलाई पार्टी निर्णयविपरीत जातीय राज्यको पक्षमा हस्ताक्षर गरेकोप्रति आपत्ति जनाएका थिए।
संसदीय दलको बैठकमा खनालले पार्टी निर्णयविपरीत जाँदा कसैको हित नगर्ने बताउँदै ह्विप मान्न सभासद्हरूलाई सचेत गराएका हुन्।
संसदीय विभाग प्रमुख तथा पार्टी सचिव शंकर पोखरेलका अनुसार खनालले सभासद्हरूलाई पार्टी निर्णयका पक्षमा उभिन निर्देशन दिएका थिए।
तपाईको प्रतिक्रिया