Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

२८ ले ज्यान गुमाए, ४३ जना बेपत्ता

काठमाडौं – सेती नदीमा अप्रत्यासित आएको बाढीले ५ करोडभन्दा बढीको भौतिक क्षति भएको अनुमानित विवरण जिल्ला दैवीप्रकोप व्यवस्थापन समिति पोखराले सार्वजनिक गरेको छ ।

बाढीले झोलुंगे पुल, खानेपानी, मोटरबाटो र खेतीयोग्य जमीन तथा सवारी साधन बगाउँदा ४ करोड ९६ लाख २८ हजारको क्षति भएको प्रारम्भिक विवरण आएको छ । बाढीले १ करोड १५ लाख बराबरको झोलुंगे पुल, १ करोड १७ लाख बराबरको खानेपानी पाइप र पिलर तथा ६८ लाख बराबरको सवारी साधन बगाएर क्षति पुरयाएको समिति संयोजक तथा कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले जानकारी दिए ।

बाढीमा परी हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ, ४३ जना अझै हराइरहेका छन् । बाढीले २५ बिजुलीका पोल र तार तथा १ सय ४४ रोपनी जग्गा बगाएको समितिले जनाएको छ ।

बाढीका कारण माछापुच्छे गाविसस्थित अन्नपूर्ण निमावि र हेम्जाको बालकल्याण प्रावि तथा पोखरा सेती नदी किनारका ६० घर जोखिममा रहेको स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले बताए । करिब एक किमि पक्की र १ किमि कच्ची सडक पनि बगाएको छ । सो क्षेत्रका दर्जनभन्दा बढी घर र पसल, आठ वटा शौचालय, दुई वटा धाराका साथै दर्जनौं चौपाया र कुखुरा बगाएको जानकारी समितिले दिएको छ ।

जनधनको क्षतिबारे तथ्य संकलन गर्न दैनिक एक्साभेटर, डोजरलगायत औजार र मानवीय श्रम तथा अन्य पूर्वाधारमा दैनिक १ लाख ५० हजारभन्दा बढी खर्च भइरहेको पौडेलले बताए । उनका अनुसार खोजी प्रक्रिया अझै केही दिन जारी रहनेछ, त्यसपछि मात्रै भौतिक र मानवीय क्षतिको वास्तविक तथ्यांक सार्वजनिक गरिनेछ ।

खानेपानी कार्यालयले तयार पारेको लागत इस्टिमेटअनुसार मन्त्रालय र विभागमा पत्राचार गरिएको हो । यसैगरी प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा क्षतिग्रस्त झोलुंगे पुल निर्माण र मर्मतका लागि समेत १ करोड १५ लाखको लागत इस्टिमेट बिहीवार नै पठाइएको छ ।

बाढीपीडितका लागि भन्दै कास्कीमा दर्जनभन्दा बढी संघसंस्थाले राहत संकलन गरेका भए पनि हालसम्म समितिमा कुनै पनि संस्थाले रकम जम्मा नगरेको प्रजिअ भट्टराईले बताए । उनले यसरी उठाइएको रकम एकद्वार प्रणालीअनुसार समितिमार्फत मात्रै बाँड्ने बताए पनि रकम दुरुपयोग भएको हुनसक्ने आशंका गरे । “दुरुपयोग गरेको पाइए कारबाही गरिनेछ,” उनले भने ।

समितिले १५ मृतकका परिवारलाई २५ हजारका दरले राहत दिएको छ भने पाँच घाइतेलाई उपचार खर्चबापत प्रतिव्यक्ति ५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया