Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अखण्ड सुदूरपश्चिमको माग गरी आन्दोलन गरिरहेको समूहसंग  आज सरकारले वार्ता गर्ने भएको छ ।

वार्ताका लागि नागरिक आन्दोलन समिति धनगढीका सह-संयोजक हेमन्त रेग्मीको टोली गएराति काठमाडौँ आइपुगेको छ। उनीहरूले आज सरकारसँग वार्ता गर्ने भएको  हो।  रेग्मीले आजको वार्तामा सहमति भए बन्द फिर्ता लिने नभए बन्द यथावत् राख्ने जानकारी दिएका छन।

सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न उपप्रधानमन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

अखण्ड सुदूरपश्चिमको माग गर्दै विगत १५ दिनदेखि आन्दोलनरत समूहलाई सरकारले वार्ताका लागि बोलाएपछि वार्ता टोली काठमाडौं आइपुगेको हो । ***

तपाईको प्रतिक्रिया